मोरङ । मोरङ राजघाट–५ छापन निवासी लीलामाया घिसिङको उपचारका लागि हङकङमा रहेका नेपालीबाट पठाइएको रु एक लाख ७३ हजार ४०० आर्थिक सहयोग बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ ।
लीलामायाको दुःखदायी समाचार सञ्चार माध्यमले प्रकाशित गरेपछि हङकङमा रहनुभएका उर्लाबारी–४ सुष्मा वाईवा, दमक–१ का राजन तामाङ र राजघाट–५ निवासी पद्मा मोक्तानले आफ्नो ठाउँको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग सङ्कलन गरेर पठाएका हुन् ।
उक्त रकम लीलामायाका दाई अमरबहादुर घिसिङ तामाङलाई हिजो बेलुका हस्तान्तरण गरिएको स्थानीयवासी तेजन खड्काले बताए ।
हस्तान्तरण कार्यक्रममा उर्लाबारीका अग्रज पत्रकार दुर्गाप्रसाद खतिवडा, स्थानीय पत्रिकाका सम्पादक केदार चौहान, समाज सेवामा सक्रिय ज्ञानु योञ्जन लामा, स्थानीय अग्रज पत्रकार हरि कोइराला, सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष घनश्याम भण्डारीलगायतको उपस्थिति रहेको थियो ।