Author: admin

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र राष्ट्रपतिबारे संस्थागत निर्णय हुनुपर्नेमा जोड दिएका छन् । संसदीय दलको नेतामा पराजित भएपछि थापाले प्रतिक्रिया दिँदै सरकार निर्माण र राष्ट्रपतिबारे पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बन्दकोठामा सहमति गरे त्यसलाई कांग्रेसले नबोक्ने चेतावनी दिएका हुन् । ‘कुनै पनि अर्को पार्टीसँग सरकार चलाउने सन्दर्भमा आलोपालो गर्ने भनेर कुनै समझदारी गर्छ भने संस्थागत रुपमा भएको छ भने कांग्रेसले बोक्छ,’ उनले भने, ‘होइन योभन्दा अगाडिका समयहरुमा जस्ता आलोपालो गर्ने बन्द कोठामा नेताहरु बसेर गर्नुहुन्छ भने त्यसलाई नेपाली कांग्रेसले बोक्दैन । भोलि नेपाली कांग्रेसले धोका दियो भन्न पाउनु हुन्न ।’ माओवादीसँग…

Read More

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरत्रहादुर देउवा भारी मतान्तरले विजयी भएका छन् । आज बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा भएको निर्वाचनमा महामन्त्री गगनकुमार थापालाई ३९ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् ।  ८९ जना सांसदहरु मतदाता भएको यस निर्वाचनमा सभापति देउवाले ६४ मत ल्याए भने महामन्त्री थापाले २५ मत ल्याएर पराजित बने । आजको संसदीय दलको निर्वाचनका लागि देउवा र थापाले मंगलबार उम्मेदवारी दर्ता गराएका थिए । देउवाको प्रस्तावकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका थिए भने थापाको प्रस्तावकमा डा. शेखर कोइराला तथा समर्थकमा अर्का उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा…

Read More

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ । मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ । यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् । गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ दिएका छन् भने देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ रहेको छ । कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । दलको…

Read More

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले जबरालाई आज दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ । संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको हो । नागरिकता अनुसार माओवादीका महिन्द्र राय यादव देखिए पनि उनको नागरिकतामा त्रुटी रहेको भन्दै सपथ खुवाउन यादवले अनिच्छा गरेपछि राणा ज्येष्ठ सदस्य ठहर भएका हुन् ।

Read More

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको चयनका लागि मनोनयन दर्ता भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर गगन समूहबाट गगनकुमार थापाको उम्मेदवारी दर्ता भएको हो । देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल रहेका छन् ।त्यस्तै, गगन थापाको प्रस्तावकमा डा. शेखर कोइराला र समर्थकमा धनराज गुरुङ र विश्वप्रकाश शर्मा रहेका छन् । दलको नेताकाले निर्वाचनमा वुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।

Read More

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ। दर्ताका लागि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। समितिले मनोमयन दर्ताका लागि रु.५१ हजार शुल्क तोकिएको कांग्रेसको संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जनाएको छ। निर्वाचनका लागि सोमबार नै मतदाता नामावली प्रकाशन भइसकेको छ। पार्टीका प्रतिनिधि सभाका सदस्य मतदाता हुन्। मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ। मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ।

Read More

काठमाडौं । अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सीलाई बीबीसीले यो वर्षको उत्कृष्ट खेलाडी घोषित गरेको छ । बीबीसीले हरेक वर्ष प्रदान गर्दै आएको बीबीसी स्पोर्ट्स पर्सनालिटी अन्तर्गत यो वर्षको ‘वर्ल्ड स्पोर्ट स्टार’ अवार्डबाट मेस्सीलाई सम्मानित गर्ने भएको हो । ३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जिताएका थिए । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट–जर्मेनका फरवार्डले आफ्नो पाँचौं विश्वकपमा सात गोल गरेपछि प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बलको अवार्ड समेत जितेका थिए । यो जितसँगै मेस्सीले आफुलाई विश्व फुटबलका महान हस्तीहरु पेले र म्याराडोनाकै दर्जामा आफुलाई उभ्याएको कतिपय फुटबल पण्डितहरुको तर्क छ । मेस्सीले विश्वकपको फाइनलमा दुई गोल गरेका थिएभने…

Read More

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ । बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दैछन् भने इतर समूहमा शेखर कोइराला र गगन थापा दुवैको दाबी कायमै  छ । कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ ।

Read More

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी आज कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन् ।तालिका अनुसार मतदाता नामावली प्रकाशन पुस ४ गते दिउँसो २ बजे, उम्मेदवारका लागि दर्खास्त पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ५ गते अपराह्न ५ः४५ बजेसम्म हुनेछ । समितिले उम्मेदवारको दर्खास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ५१ हजार तोकेको…

Read More

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जान आफूहरुलाई कुनै हतारो नभएको बताएका छन्। पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले परिस्थितिले सरकारमा जानैपर्ने वा कसैलाई समर्थन गर्नुपर्ने स्थितिमा कारणसहित गरेर मात्र निर्णय लिने बताएका छन्। सरकारमा जाँदै नजाने भनेर कसम खाने पक्षमा पनि आफूहरु नरहेको उनको भनाइ छ। सो अवसरमाा लिङदेनले नवनिर्वाचित सांसदलाई विदेशी दूतावासले बोलाएका कुनै पनि कार्यक्रममा पार्टीको अनुमतिविना नजान निर्देशनसमेत दिएका छन्।

Read More