काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ।
दर्ताका लागि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। समितिले मनोमयन दर्ताका लागि रु.५१ हजार शुल्क तोकिएको कांग्रेसको संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जनाएको छ।
निर्वाचनका लागि सोमबार नै मतदाता नामावली प्रकाशन भइसकेको छ। पार्टीका प्रतिनिधि सभाका सदस्य मतदाता हुन्।
मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ। मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ।
Facebook Comments Box