काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ ।
उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदै छ । बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान तालिका छ ।
संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दैछन् भने इतर समूहमा शेखर कोइराला र गगन थापा दुवैको दाबी कायमै छ ।
कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ ।
Facebook Comments Box