राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जान आफूहरुलाई कुनै हतारो नभएको बताएका छन्।
पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले परिस्थितिले सरकारमा जानैपर्ने वा कसैलाई समर्थन गर्नुपर्ने स्थितिमा कारणसहित गरेर मात्र निर्णय लिने बताएका छन्।
सरकारमा जाँदै नजाने भनेर कसम खाने पक्षमा पनि आफूहरु नरहेको उनको भनाइ छ। सो अवसरमाा लिङदेनले नवनिर्वाचित सांसदलाई विदेशी दूतावासले बोलाएका कुनै पनि कार्यक्रममा पार्टीको अनुमतिविना नजान निर्देशनसमेत दिएका छन्।
Facebook Comments Box