काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् ।
राष्ट्रपति कार्यालयले जबरालाई आज दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ ।
संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो ।
संघीय संसद सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको हो ।
नागरिकता अनुसार माओवादीका महिन्द्र राय यादव देखिए पनि उनको नागरिकतामा त्रुटी रहेको भन्दै सपथ खुवाउन यादवले अनिच्छा गरेपछि राणा ज्येष्ठ सदस्य ठहर भएका हुन् ।
Facebook Comments Box