Author: admin

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।  नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए । प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनको पक्षमा १६९ मत छ । तर, विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ ।

Read More

काठमाडौं । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको हो । सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई सर्तका रुपमा अघि सारेको थियो । यसैबीच पृथ्वी जयन्तीमा विदा दिने सरकारको निर्णयलाई राप्रपाले स्वागत गरेको छ। राप्रपा अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत सरकारको उक्त निर्णयको स्वागत गरेका हुन्। ‘पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा दिने निर्णयको हार्दिक स्वागत गर्दछु। नेपाल राष्ट्र, नेपाली नाम र पहिचान दिने राष्ट्रनिर्मातालाई सम्मान गर्नु हरेक नेपालीको कर्तव्य हो। पृथ्वी जयन्तीलाई हर्षोल्लासपूर्ण वातावरणमा मनाऔं…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी अस्थिरताको कारक नबन्ने बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले आफ्नो पार्टीका कारण मुलुकमा कुनै प्रकारको अस्थिरता निम्तिन नदिने र त्यसको कारक पनि नबन्ने बताएका हुन्। उनले पछिल्लो निर्वाचनबाट जनताले सबै विचार बोकेका पार्टीलाई सम्बोधन गरेको बताए । उनले भने, ‘यो जनमत हेर्दा जनताले कुनै एउटा दललाई विश्वास गर्न सकेनन् । यो पटकको जनादेशले सबै पार्टीलाई तिमी कुनै फरक विचारको पार्टीलाई निषेध गरेर अगाडि बढ्न सक्दैनौं भनेको छ ।’ उनले अघिल्लो प्रतिनिधिसभाको अन्त्यमा आफूले घोषणा गरेको कुरा पूरा नभएको जानकारी दिए । उनले भने, ‘अघिल्लो बेला संसद् छोड्ने बेला…

Read More

सत्ता साझेदार दलहरुबीच भएको सत्ता बाँडफाँटमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बाग्मती प्रदेशको सभामुख पाउने भएको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको छलफलमा बाग्मतीको सभामुख राप्रपालाई दिने सहमति भएको हो। बाग्मतीबाहेक राप्रपाले लुम्बिनी प्रदेशको उपसभामुख पनि पाउने भएको छ। बैठकमा सहभागि एक नेताका अनुसार राप्रपाले बाग्मती प्रदेशको नेतृत्व मागेपनि नपाउने अवस्था बनेपछि उसलाई प्रदेश सरकारहरुमा सम्मानजनक स्थान दिने सहमति भएको छ। केन्द्रीय सत्ता समीकरणमा महत्वपूर्ण मानिएको राप्रपाले केन्द्रमा भने चारवटा मन्त्रालय दाबी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाइसकेपछि हुने मन्त्रीपरिषद् पुनर्गठनमा राप्रपा सामेल हुने बताइएको छ। तर अहिलेसम्म तीनवटा मन्त्रालयमा मात्र कुरा मिलेको छ। राप्रपाले दाहााल…

Read More

काठमाडाैं। सत्ता गठबन्धनले सबै प्रदेशको सिट बाँडफाँट टुंग्याएको छ। जसअनुसार प्रदेश १ को मुख्यमन्त्री एमालेले पाइसकेको छ भने अन्यमा पनि टुंगो लगाएको हो। हेर्नुस् कहाँ कसरी भयो बाँडफाँट ? मुख्यमन्त्री प्रदेश १ – एमाले मधेश- जनता समाजवादी र जनमत पार्टी आलोपालो बाग्मती – माओवादी केन्द्र र एमालेले पालैपालो गण्डकी र लुम्बिनी – एमाले कर्णाली – माओवादी केन्द्र सुदूरपश्चिम – एमाले र माओवादी आलोपालो । सभामुख मधेस, कर्णाली – एमाले सभामुख प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम – माओवादी बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी उपसभामुख: प्रदेश १ र गण्डकी- एमाले बागमती र कर्णाली- माओवादी लुम्बिनी- राप्रपा मधेश प्रदेश- जनमत पार्टी सुदूरपश्चिम-…

Read More

विराटनगर । झापाबाट प्रदेशसभामा निर्वाचित नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तीका लागि समर्थन दिएका थिए । प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब दुईतिहाई सदस्य ६० जनाको समर्थनमा कार्कीको दावी पेश…

Read More

विराटनगर । प्रदेश १ को सभामुख निर्वाचन यही पुष २८ गते हुने भएको छ । आइतबार संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । उपसभामुखको निर्वाचन ३० गते गर्ने निर्णय भएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुनेछ । सभामुख नेकपा माओवादी केन्द्रले पाउने सत्तारूढ दलले सहमति गरेका छन् । माओवादी केन्द्रबाट सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र सङ्खुवासभाका राजेन्द्र कार्कीले दाबी गरेका छन् ।

Read More

बिराटनगर । प्रदेश १ मा एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री हालका प्रदेश सांसद हिक्मतकुमार कार्की नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ । गठबन्धन दलहरु प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिन सहमति भएसँगै उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । कार्की हाल प्रदेश १ एमाले संसदीय दलका नेता हुन् । १ नम्बर प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समय सीमा आज साँझ ५ सकिँदैछ । तोकिएकै समय सीमाभित्र दाबी पेश गर्ने गरी छलफलमा जुटिएको नेताहरुले जानकारी दिएका छन् ।

Read More

काठमाडौं। सरकार सञ्चालनका निम्ति सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले सरकारमा सहभागी दलका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको हो। कार्यदलले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ लगायतका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा सरकार सञ्चालनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारका प्राथमिकता निर्धारण गरिनुका साथै सामाजिक…

Read More

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते लिने भनिएको विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । मत दिने वा नदिने भन्ने विषयमा कांग्रेसले छलफल गर्न लागेको हो ।

Read More