काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी अस्थिरताको कारक नबन्ने बताएका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले आफ्नो पार्टीका कारण मुलुकमा कुनै प्रकारको अस्थिरता निम्तिन नदिने र त्यसको कारक पनि नबन्ने बताएका हुन्।
उनले पछिल्लो निर्वाचनबाट जनताले सबै विचार बोकेका पार्टीलाई सम्बोधन गरेको बताए । उनले भने, ‘यो जनमत हेर्दा जनताले कुनै एउटा दललाई विश्वास गर्न सकेनन् । यो पटकको जनादेशले सबै पार्टीलाई तिमी कुनै फरक विचारको पार्टीलाई निषेध गरेर अगाडि बढ्न सक्दैनौं भनेको छ ।’
उनले अघिल्लो प्रतिनिधिसभाको अन्त्यमा आफूले घोषणा गरेको कुरा पूरा नभएको जानकारी दिए । उनले भने, ‘अघिल्लो बेला संसद् छोड्ने बेला धेरै सांसद् लिएर आउँछु भनेको थिए । त्यो सकिनँ । तर जनताको बलियो प्रतिनिधिका रुपमा हामी उपस्थित भएका छौं ।’