काठमाडौं । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको हो ।
सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई सर्तका रुपमा अघि सारेको थियो ।
यसैबीच पृथ्वी जयन्तीमा विदा दिने सरकारको निर्णयलाई राप्रपाले स्वागत गरेको छ। राप्रपा अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत सरकारको उक्त निर्णयको स्वागत गरेका हुन्।
‘पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा दिने निर्णयको हार्दिक स्वागत गर्दछु। नेपाल राष्ट्र, नेपाली नाम र पहिचान दिने राष्ट्रनिर्मातालाई सम्मान गर्नु हरेक नेपालीको कर्तव्य हो। पृथ्वी जयन्तीलाई हर्षोल्लासपूर्ण वातावरणमा मनाऔं !,’ लिङ्देनले लेखेका छन्।
Facebook Comments Box