Author: admin

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् । आइतबार ६० जना सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनले पुस २९ गते विश्वासको मत लिने भएका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले संसद सचिवालयलाई जानकारी गराइएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । नेपालको संविधान २०७२ को धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८ (१) र (२) बमोजिम मिति २०७९ पुस २९ गते ११ बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि सूचना दिएको मुख्यमन्त्रीका सहयोगी रवि खनालले जानकारी दिए ।

Read More

काठमाडौं । आज पुस २७ गते, नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको ३ सय १ औँ जन्म जयन्ती । देशभर बुधबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरिँदैछ । विक्रम संबत १७७९ साल पुस २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराको रुपमा जन्मिएका पृथ्वीनारायणले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । २० वर्षको उमेरमा राजगद्दीमा बसेका पृथ्वीनारायणको सिंगो जीवन देश एकीकरणमा बितेको थियो । पृथ्वीनारायणको सम्झनामा काठमाडौं लगायत देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु गरिंदैछ । सिंहदरबार अगाडिको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले…

Read More

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संसदीय शासन व्यवस्थामा बहुमतको सरकार र अल्पमतको संसद् हुने बताउँदै आएका छन् । तर नेपालको संसदीय शासन व्यवस्थामा यो मान्यता स्थापित भएको देखिँदैन । २०५१ सालको मध्यावधि निर्वाचनपछि प्रतिनिधिसभामा ठूलो दल बनेको एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वमा सरकार बन्यो । अधिकारी नेतृत्वको सरकारलाई २०५१ पुस ७ गते दोस्रो ठूलो दल कांग्रेसले विश्वासको मत दियो । विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्यो । त्यसको २८ वर्षपछि फेरि प्रतिनिधिसभाको ठूलो दल कांग्रेसले दोस्रो ठुलो दल एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर विपक्षमा बस्ने निर्णय गरेको छ । प्रधानमन्त्री दाहाललाई…

Read More

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीका अवसरमा आयोजित चियापानमा सबैलाई निम्तो दिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको प्रस्तावमा बोल्दै लिङ्देनले भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको चियापानमा सबैलाई निम्तो दिएका हुन्। राप्रपाको माग कै कारण सरकारले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ। उनले सरकारले पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा धन्यवाद समेत दिएका थिए । ‘म सरकारप्रति धन्यवाद व्यक्त गर्न चाहान्छु । राष्ट्रपितालाई सम्मान गरेर जाँदा कसैलाई हानी हुँदैन,’ उनले भने, ‘पृथ्वीनारायण शाह थिए र नेपाल भन्ने देश छ । नेपाल भन्ने देशमा भएर पुष्पकमल दाहाल प्रधानमन्त्री हुनु…

Read More

काठमाडौँ। नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबारको संसद् बैठकमा बोल्दै प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले स्थायीत्वका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका हुन । उनले भने ‘सम्माननीय प्रधानमन्त्रीले संविधानको रक्षा गर्दै देश र जनताको हितमा काम गर्दै विश्वाससहित तत्काललाई विश्वासको मतको पक्षमा रहने छौँ ।’

Read More

काठमाडौं । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लख छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको मंगलबार जारी सूचनामा उल्लेख छ ।

Read More

काठमाडौं । नेकपा (एमाले) छोडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन् । भुसाल एक/दुई दिनभित्र एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको बताइएको छ । मंसिर ४ को निर्वाचनमा एमालेले छोडेर भुसाल रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए । उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । भूसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । एकीकृत समाजवादीमा प्रवेश गर्न उनले एउटा प्रस्ताव पनि बुझाएका छन् ।

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सर्तसहित समर्थन गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई सशर्त समर्थन गर्ने निर्णय गरेको हो । सरकारलाई विश्वासको मत दिएर पार्टी प्रतिपक्षमा बस्ने उपमहासचिव जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘विश्वासको मत दिन्छ । सर्त राखिने छन् । ती सर्त ९एजेण्डाहरु० पुरा नगरेमा कुनै पनि बेला त्यहाँबाट फर्किन सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।’ नेकपा एसले कस्ता सर्तहरु अगाडि सारेको छ भन्ने विषयमा उनले खुलेर केही बताएनन् । उनले राष्ट्रियता, सुशासन, देशको बिग्रँदै गएको अर्थतन्त्र सुधार लगायतका विषयमा पार्टीका…

Read More

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। संघीय संसद भवनस्थित ल्होत्से हलमा केहीसमयअघि बैठक सुरु भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने नदिनेबारे निर्णय लिन विहान बसेको पदाधिकारी बैठकले निर्णय लिन नसकेपछि कार्यसम्पादन समितिको बैठक डाकिएको थियो। अब यो बैठकले नै दाहाललाई विश्वासको मत दिने या नदिनेबारे निर्णय लिनेछ।

Read More

काठमाडौं । संघीय संसदको बैठक दिउँसो १ बजेका लागि सरेको छ । यसअघि ११ बजेका लागि तय भएको बैठक दुईघण्टा पछि सारिएको संसद सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार पुस १० गते दाबी पेश गरेका थिए । दाहाललाई विश्वासको मत दिने या नदिनेबारे अन्य दलले निर्णय गरिसेका छन्। तर नेपाली कांग्रेसले भने अझै निर्णय लिन सकेको छैन। कांग्रेसकै आग्रहमा संसदको बैठक केही घण्टा सारिएको संसद सचिवालयका एक अधिकारीले बताए।

Read More