काठमाडौं । नेकपा (एमाले) छोडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन् ।
भुसाल एक/दुई दिनभित्र एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको बताइएको छ ।
मंसिर ४ को निर्वाचनमा एमालेले छोडेर भुसाल रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।
उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । भूसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
एकीकृत समाजवादीमा प्रवेश गर्न उनले एउटा प्रस्ताव पनि बुझाएका छन् ।
Facebook Comments Box