काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।
संघीय संसद भवनस्थित ल्होत्से हलमा केहीसमयअघि बैठक सुरु भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने नदिनेबारे निर्णय लिन विहान बसेको पदाधिकारी बैठकले निर्णय लिन नसकेपछि कार्यसम्पादन समितिको बैठक डाकिएको थियो। अब यो बैठकले नै दाहाललाई विश्वासको मत दिने या नदिनेबारे निर्णय लिनेछ।
Facebook Comments Box