काठमाडौं । संघीय संसदको बैठक दिउँसो १ बजेका लागि सरेको छ । यसअघि ११ बजेका लागि तय भएको बैठक दुईघण्टा पछि सारिएको संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार पुस १० गते दाबी पेश गरेका थिए ।
दाहाललाई विश्वासको मत दिने या नदिनेबारे अन्य दलले निर्णय गरिसेका छन्। तर नेपाली कांग्रेसले भने अझै निर्णय लिन सकेको छैन। कांग्रेसकै आग्रहमा संसदको बैठक केही घण्टा सारिएको संसद सचिवालयका एक अधिकारीले बताए।
Facebook Comments Box