Author: admin

​काठमाडौं , साउन २ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले विदेशको स्थायी आवासीय अनुमति पिआर र डिभी लिन नपाउने भएका छन् । डिभी पिआर लिएका शिक्षक कर्मचारीहरूले साउन १५ गतेसम्म विद्यालायलाई जानकारी गराउनुपर्ने हुन्छ । शिक्षक कर्मचारीले भदौ १५ भित्री डिभी पिआर त्यागेमा कारबाहीबाट उन्मुक्ति पाउनेछन् । नत्याग्ने हो भने कारबाही स्वरूप सेवाबाट अवकाश पाउने छन् । पिआर लिने शिक्षक कति छन् भन्ने कुनै यकिन छैन् । शिक्षा ऐन आठौं संशोधनमा शिक्षक र कर्मचारीले पीआर, डीभी लिन र आवेदन दिनसमेत रोक लगाइएको छ । ऐनमा भएको प्रवाधानलाई शिक्षा विभागले कार्यान्वयन प्रक्रिया अगाडि बढाएको हो । आजको कान्तिपुर दैनिकमा खबर…

Read More

काठमाण्डाैं, साउन २ । विश्व सम्पदा सूचीको खतरा सूचीमा राख्न प्रस्ताव गरिएको काठमाडौं उपत्यकालाई खतराको सूचीबाट जोगाउन एक वर्षको मौका मिलेको छ । जुलाई१०देखिटर्कीको इस्तानबुलमा भइरहेको विश्व सम्पदा समितिको जारी बैठकले सन् २०१७ सम्ममा ध्वस्त भएका सम्पदाको सुधार गर्न मौका दिएको हो । तर, नेपालले सन् २०१७ सम्ममा सम्पदा पुनर्निर्माण गर्ने सम्भावना छैन । नेपालका सरकारी अधिकारीहरुको समते सहभागिता रहेको सो बैठक यही जुलाई २० तारिखसम्म जारी रहने कार्यक्रम छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Read More

​काठमाण्डाैं, साउन २ । नेपाल आउने कुन पर्यटकमध्ये बर्सेनि औसतः ४ सय पर्यटक हराउने या मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । प्राकृतिक विपत्ति तथा पर्वतारोहणमा सबैभन्दा बढी यस प्रकारका दुर्घटना हुने गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सन् २०१५ मा निधन या बेपत्ता भएका पर्यटकको संख्या ४ सय २२ जना रहेका छन् । सन् २०१५ मा विनाशकारी भूकम्प र सरगरमाथामा भएको दुर्घटनामा परी करिब २ सयजना विदेशीले ज्यान गुमाएका थिए । त्यसबाहेक पर्वतारोहण, पदयात्रा र हवाई तथा सडक दुर्घटनाका क्रममा पनि निधान तथा बेपत्ता हुने गर्छन् । आफ्नो सामान बिकाउन पछि लाग्ने खुद्रा…

Read More

झापा । ग्लोकल टिन हिरो–२०१६ का लागि उत्कृृष्ट ६ भित्र झापाका गौरव पोखरेल पर्न सफल भएका छन् । समाजमा फरक किसिमका काम गरेर योगदान पुर्याएका नेपाली टीन एजर्सहरु मध्येबाट एक जनालाई ग्लोकल टिन हिरो एवार्ड प्रदान गरिन्छ । यस वर्षका लागि नेपाल भरिबाट करिब ३ सय आवेदन परेकोमा झापाका पोखरेल टप ६ मा पर्न सफल भएका हुन् । उनी सानै उमेर देखि पत्रकारितामा संलग्न थिए । उनीको पहिलो रचना कक्षा ४ मा पढ्दा प्रकाशित भएको थियो । पोखरेल जिल्ला बाल क्लब सञ्जाल–झापाका पूर्व अध्यक्ष हुन् भने पूर्वाञ्चल क्षेत्रीय सञ्जालका सदस्य हुन् । विशेष गरी बालबालिका बिटमा कलम चलाउने १६ वर्षका…

Read More

प्रायः निर्माणका काममा पुरुषहरुको सहभागिता हुने गरेकोमा झापा बुधबारे १ का महिलाहरुले आफ्नै गाउँमा झोलुङ्गे पुल निर्माण गरेर उदाहरणीय काम गरेका छन् । उनीहरुले पुरुषहरुको ‘लु पुल बनाएर देखाओ’ भन्ने चुनौतीलाई सामना गर्दै उक्त झोलुंगे पुलको निर्माण करीब चार महिनामै सम्पन्न गरेर देखाएका हुन् ।

Read More

टर्कीमा सैनिक कुमा संलग्न १ सय ४ जना सैनिक मारिएका छन् । समाचार संस्था एएफपीका अनुसार कुमा संलग्न १ सय ४ सैनिक मारिएका र १५ सय ६३ जना पक्राउ परेका हुन् । शुक्रबार बेलुका सेनाले कु गरेपछि राष्ट्रपति रिसेप टाइप एर्डोगानप्रति बफादार सुरक्षाकर्मीले कुमा संलग्न सैनिकलाई पक्राउ गर्न सुरु गरेको छ । पक्राउ पर्नेमा २९ जना कर्नेल र पाँच जर्नेल गरी ३४ जना सैनिक अधिकृत छन् ।  – एजेन्सीको सहयोगमा 

Read More

काठमाण्डाैं । ७६ वर्षीय खड्गबहादुर खड्कालाई अब तातोपानी क्षेत्रमा फेरि बस्ती बस्छ र पुरानै रुपमा फर्कन्छ भन्नेमा शंका छ। तातोपानी-१ कोदारीका खड्का सर्वस्व गुमाएका भन्दा पनि बस्तीको अस्तित्व मेटिन लागेकोमा चिन्तित छन्। अन्नपूर्ण पोस्टमा समाचार छ। असार २१ गते राति अचानक बाढी आउँदा भागेर ज्यान जोगाएका खड्का बाँचेकोमा नै अचम्मित छन्। घर छाडेको केही मिनेटमै बाढी बस्तीमा पसेपछि चौकीडाँडा पुगेका खड्का भूकम्पपछि कमै कोदारी बसे। संयोग घर आएकै दिन उनले त्यो त्रासको सामना गर्नु पर्यो। चौकीडाँडामा पट्यार लाग्दो दिन गुजारिरहेका उनी भोटेकोशीको एकै झट्काले आफूहरुलार्इ सुकुमबासी बनाएको बताउँछन्। ‘भएको सबै भोटेकोसीले लग्यो,अब कसरी यहाँको बास होला ररुु खड्काले भने,’अब यहाँको…

Read More

काठमाडौं  । अाज साउने संक्रान्ति पर्व । सौर्यमान अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले यो दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । अाज लुताे फाल्ने दिन नि भनिन्छ । कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् । बेलुका लुतो, दाद आदि चर्मादी रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन छ । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मादी रोगबाट जोगिन लुतो फाल्ने प्रचलनस्वरुप यो पर्व मनाउन थालिएको हो । यस्तै महिलाहरु आजदेखि साउन महिनाभर सौभाग्यको प्रतीक हरियो…

Read More

सिन्धुपाल्चोक । भूकम्प र बाढीपहिरोको लगातारको प्रकोपले नेपालको कुनै एक ठाउँलाई सबभन्दा बढी असर गरेको छ भने त्यो हो–सिन्धुपाल्चोक। २०७१ साउनमा जुरे पहिरो, २०७२ बैशाख १२ मा भूकम्व र २०७३ सालमा भोटेकोशीको बाढीले पुर्याएको भौतिक र मानवीय क्षतिले यो जिल्लालाई संकटमा पारेको छ। कान्तिपुर दैनिकमा समाचार छ।  यी प्रकोपका कारण जिल्लाका सबैजसो निजी तथा सार्वजनिक भौतिक संरचना ध्वस्त छन्। क्षतिको प्रकृति हेर्दा तत्कालै पुनर्निर्माण गरेर पहिलेकै अवस्थामा लैजान सकिने सम्भावना देखिँदैन। जिल्लाको सबैभन्दा महत्वपूर्ण आर्थिक गतिविधिको मूल आधार नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार तातोपानी नाका १५ महिनादेखि बन्द छ। नाका बन्द हुँदा हजारौंले रोजगारी गुमाए नै अर्बौं पुँजी पनि पलायन भएको…

Read More

काठमाण्डाैं ।  नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आफ्नै इतिहास र सम्पत्ति खोज्न समिति बनाएको छ। इतिहास केन्द्रीय विभागका प्राध्यापक डा. भवेश्वर पंगेनीको संयोजकत्वमा त्रिविले समिति बनाएको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ। असार मसान्तसम्ममा प्रतिवेदन दिने गरी गठन गरेको पाँच सदस्यीय कमिटी अहिले त्यत्ति सक्रिय छैन। कमिटीका संयोजक पंगेनी भन्छन्,‘विगत दुई महिनादेखि कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय खोजिरहेको छु, म हराएको छु।’ अमेरिकाको अरेगन विश्वविद्यालयबाट विज्ञ ल्याएर काम सुरु  २०१६ सालमा त्रिपुरेश्वरस्थित हालको वल्र्ड ड्रेड सेन्टरबाट त्रिभुवन विश्ववद्यालयको यात्रा सुरु भएको इतिहास विषयका प्रा.डा पंगेनीले बताए। अहिले कसरी विश्वविद्यालय स्थापना भयो, किन कीर्तिपुरमा विश्वविद्यालय आयो भन्ने तथ्यको खोजीमा लागेको उनको भनाइ छ।…

Read More