काठमाण्डाैं, साउन २ ।
विश्व सम्पदा सूचीको खतरा सूचीमा राख्न प्रस्ताव गरिएको काठमाडौं उपत्यकालाई खतराको सूचीबाट जोगाउन एक वर्षको मौका मिलेको छ ।
जुलाई१०देखिटर्कीको इस्तानबुलमा भइरहेको विश्व सम्पदा समितिको जारी बैठकले सन् २०१७ सम्ममा ध्वस्त भएका सम्पदाको सुधार गर्न मौका दिएको हो ।
तर, नेपालले सन् २०१७ सम्ममा सम्पदा पुनर्निर्माण गर्ने सम्भावना छैन । नेपालका सरकारी अधिकारीहरुको समते सहभागिता रहेको सो बैठक यही जुलाई २० तारिखसम्म जारी रहने कार्यक्रम छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
Facebook Comments Box