झापा । ग्लोकल टिन हिरो–२०१६ का लागि उत्कृृष्ट ६ भित्र झापाका गौरव पोखरेल पर्न सफल भएका छन् ।
समाजमा फरक किसिमका काम गरेर योगदान पुर्याएका नेपाली टीन एजर्सहरु मध्येबाट एक जनालाई ग्लोकल टिन हिरो एवार्ड प्रदान गरिन्छ ।
यस वर्षका लागि नेपाल भरिबाट करिब ३ सय आवेदन परेकोमा झापाका पोखरेल टप ६ मा पर्न सफल भएका हुन् । उनी सानै उमेर देखि पत्रकारितामा संलग्न थिए । उनीको पहिलो रचना कक्षा ४ मा पढ्दा प्रकाशित भएको थियो । पोखरेल जिल्ला बाल क्लब सञ्जाल–झापाका पूर्व अध्यक्ष हुन् भने पूर्वाञ्चल क्षेत्रीय सञ्जालका सदस्य हुन् ।
विशेष गरी बालबालिका बिटमा कलम चलाउने १६ वर्षका पोखरेल हाल विर्तामोडस्थित कोहेड कलेजमा कक्षा १२ मा अध्ययनरत छन् । उनी विवेचना दैनिकसँगै अनलाईन खबर डटकमसँग पनि आबद्ध छन् ।
अब उनलाई ग्लोकल टिन हिरोको उपाधिसम्म पुर्याउन एसएमएस भोटिङ्ग गर्नु पर्ने हुन्छ । उनलाई भोट गर्न GTH GP टाइप गरेर ३३००१ मा एसएमएस गर्नु पर्नेछ । गत वर्ष नवपरासीकी बालअधिकार अभियन्ता विपना शर्माले ग्लोकल टिन हिरो अवार्ड हात पारेकी थिइन् ।