काठमाण्डाैं । नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आफ्नै इतिहास र सम्पत्ति खोज्न समिति बनाएको छ। इतिहास केन्द्रीय विभागका प्राध्यापक डा. भवेश्वर पंगेनीको संयोजकत्वमा त्रिविले समिति बनाएको हो। नयाँ पत्रिका दैनिकमा समाचार छ।
असार मसान्तसम्ममा प्रतिवेदन दिने गरी गठन गरेको पाँच सदस्यीय कमिटी अहिले त्यत्ति सक्रिय छैन। कमिटीका संयोजक पंगेनी भन्छन्,‘विगत दुई महिनादेखि कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय खोजिरहेको छु, म हराएको छु।’
अमेरिकाको अरेगन विश्वविद्यालयबाट विज्ञ ल्याएर काम सुरु
२०१६ सालमा त्रिपुरेश्वरस्थित हालको वल्र्ड ड्रेड सेन्टरबाट त्रिभुवन विश्ववद्यालयको यात्रा सुरु भएको इतिहास विषयका प्रा.डा पंगेनीले बताए। अहिले कसरी विश्वविद्यालय स्थापना भयो, किन कीर्तिपुरमा विश्वविद्यालय आयो भन्ने तथ्यको खोजीमा लागेको उनको भनाइ छ। ‘भिसी अफिस, केन्द्रीय पुस्तकालयमा खोजेको खोज्यै छु, भनेजस्तो रेकर्ड पाएको छैन,’ उनले भने। कमिटीले त्रिविमा स्थापनाको सिद्धान्त के थियो, व्यवहारमा कस्तो रहेको छ भन्ने पनि पत्ता लगाउने प्रयत्न गरेको छ।
त्रिविको समग्र इतिहास खोजिने
‘त्रिभुवन विश्वविद्यालयको सम्पत्ति अथाह, छ तर कति छ भन्न गाह्रो छ,’ यो भनाइ हो त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा तीर्थ खनियाँको। उपकुलपति प्रा.डा. खनियााले त्रिभुवन विश्वविद्यालयको सुरुवात कसरी भयो, अहिलेसम्म आइपुग्दा कस्ता निर्णय भए र अब कसरी अघि बढ्ने भन्ने कुरालाई कमिटीले दिएको सुझाबले सहयोग हुने बताए।
त्रिवि कसरी आयो र अहिले त्रिविका सम्पत्तिलाई किन अरू विश्वविद्यालय लैजान खोजे, सम्पत्ति कसरी प्राप्त भयो, भौतिक सम्पत्ति कति छ र कसरी संरक्षण गर्ने भन्ने त्रिविको इतिहासमा खोजिने उनले बताए। रानीको पकेट मनीबाट सुरु भएको विश्वविद्यालयको यात्रा खोजिने उनको भनाइ छ।
Facebook Comments Box