Author: admin

​काठमाडौं,साउन २७ । साबिकको हेटौंडा नगरपालिका उप–महानगरपालिकामा स्तर उन्नती भएपछि हाल १७ वडामा रहेको ऐतिहासिक सुरुङ सम्बन्धमा नगरले चासो दिएको छ । सुरुङमार्गबारे अध्ययन र खोजीका लागि उप–महानगरपालिकाले ५० हजार रुपैयाँ विनियोजन गरेको छ । मानव निर्मित सो–सुरुङ दक्षिण एसियालीकै पहिलो भएको दावी गरिएको छ । नेपाल र विश्व समुदायलाई सुरुङबारे जानकारी गराउन अध्ययन अघि बढाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसवर्ष यससम्बन्धी इतिहास, डिजाइन र प्रसिद्व चुरियामाई मन्दिरबीचको सम्बन्धबारे आवश्यक प्रमाण संकलन गरिसकेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Read More

काठमाण्डाैं, साउन २७ । नेपाललाई ट्रान्टिज बनाई लागूऔषधको कारोबार गर्दै आएको अन्तर्राष्ट्रिय गिरोहका दुई भरिया राजधानीमा पक्राउ परेका छन्। नेपाल समाचार पत्र दैनिकमा समाचार छ। दक्षिण अमेरिकी मुलुकबाट विभिन्न मुलुक हुँदै नेपाललाई ट्रान्जिट बनाएर मलेसियामा तस्करी गर्ने उद्देश्यले ३ केजीभन्दा बढी कोकिनसहित दुई जना भरिया पक्राउ परेपछि उनीहरुको पोल खुलेको हो। दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट नेपाल ल्याइएको उक्त कोकिन थाई नागरिकले नेपालमा रिसिभ गरेर मलेसिया जाने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेपछि उनीहरुको योजना लागूऔषध नियन्त्रण ब्युरोले पत्ता लगाएको थियो। अन्तर्राष्ट्रिय बजारमा उक्त लागू औष्धको मूल्य ६ करोड १० लाखभन्दा बढी पर्ने ब्युरोका प्रहरी बरिष्ठ…

Read More

​काठमाण्डाैं , साउन २७ । ऊर्जा मन्त्रालयले आगामी हिउँदमा लोडसेडिङ दैनिक सात घण्टामा सीमित गर्ने गरी कार्ययोजना बनाएको छ। कारोबार दैनिकमा समाचार छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रालयलाई योजना ल्याउन निर्देशन दिएपछि ऊर्जाले पाँच बुँदामा यस्तो कार्ययोजना तयार गरेको हो। गत हिउँदमा दैनिक १२ घण्टासम्म लोडसेडिङ भएकोमा आगामी याममा सात घण्टासम्म झार्ने योजनासहितको पाँच बुँदे कार्ययोजना निर्माण गरिएको र बिहीबार प्रधानमन्त्रीलाई बुझाउन लागिएको मन्त्रालयले जनाएको छ। ऊर्जा सचिव सुमनप्रसाद शर्माले लोडसेडिङ न्यूनीकरणलाई प्राथमिकता दिएर कार्ययोजना निर्माण गरिएको जानकारी दिए। ‘उपभोक्तालाई अन्धकारबाट मुक्ति दिने हाम्रो मुख्य प्राथमिकता हो, यसैलाई आधार बनाएर कार्ययोजना बनाएका छौं,’ उनले भने। …

Read More

​काठमाडौं , साउन २७ । ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् । परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्यो भन्ने जानकारी परीक्षा दिने बित्तिकै दिने तयारी गरिएको हो । काम गर्न दक्षिण कोरिया जान चाहनेले सन् २०१९ देखि अनिवार्य रुपमा कम्प्युटरमै परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थासँगै परीक्षा लिने बित्तिकै प्राप्तांक देखाउने प्रणाली विकास गर्न लागिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Read More

के तपाईंले कहिले सोच्नुभएको छ, कुनै मिठो सपना देखिरहेका बेला त्यो सपनाको सबैभन्दा राम्रो पल नजिक आउँदा तपार्ईंको आँखा किन खुल्छ ? यसबारे धेरै मानिसहरुलाई यसको कारण थाहा छैन । सपनाको सबैभन्दा राम्रो पललाई हामी किन मिस गर्छौं भन्ने बारे आज हामी तपाईंलाई बताउँदैछौं । सपनाको सबैभन्दा राम्रो पलको आसपास पुग्दा निन्द्रा टुट्दा हामी सबैलाई रिस उठ्छ । यसलाई ल्यूसिट ड्रिम भनिन्छ । सबैभन्दा राम्रो पल आउनै लाग्दा हाम्रो धड्कन बढ्छ । सपनामै पनि हामी त्यो पलमा जान आतुर हुन्छौं तर धड्कन बढेका कारण हाम्रो आँखा खोलिहाल्छ । सपना देखिरहेका बेला हामी यस्तो पलको करिब पुग्दा हामी विपरित लिङ्गीलाई आफ्नो…

Read More

​काठमाण्डाैं, साउन २७ । सर्वोच्च अदालतले कारागारका कैदीबन्दीको न्यूनतम आवश्यकता पूर्ति हुने गरी सिधा र भत्ता रकममा वृद्धि गर्न बुधवार सरकारलाई परमादेश दिएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ। थुनुवा कैदी र आश्रित परिवारको समेत जीव्न तथा स्वास्थ्यलाई ध्यानमा राखी सुविधामा पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्याल्य, गृह मन्त्रालय र कारागार व्यवस्था विभागलाई सर्वोच्चले परमादेश दिएको हो। सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले बाध्यकारी रुपमा लागू हुने गरी सरकारलाई उक्त आदेश दिएको हो। थुनुवा कैदीलाई दैनिक दिइँदै आएको प्रतिव्यक्ति सात सय ग्राम चामल र ४५ रुपैयाँले जीवन धान्न कठिनाइ भएको दाबीसहित अन्तर्राष्ट्रिय अपराधी चाल्र्स सोभराज…

Read More

सुर्खेत, साउन २७ । धामीझाँक्री र भूतप्रेत अन्धविश्वासका पात्र हुन्। कानुन कार्यान्वयन गर्ने निकाय प्रहरीले झन् अन्धविश्वासलाई प्रश्रय दिनै नहुने हो। तर साल्कोट गाविसमा प्रहरीले ‘बोक्सीको दोष निको पार्छु’ भन्दै ठगी गरेर खुलेआम हिँडिरहेकालाई कानुनी दायरामा ल्याउनुको साटो उल्टै प्रशंसापत्रसहित तीन हजार पुरस्कारसमेत दिएको छ। कान्तिपुर दैनिकमा समाचार छ। बोक्सीको दोगा निको पार्ने भन्दै स्थानीबासीबाट रकम असुल्दै हिँड्ने मोरङ बेलबारी–४ का रहिम सफेरासहित तीनजनाको टोलीलाई प्रहरीले पुरस्कृत गरेको हो। साल्कोट प्रहरी चौकीले साउन १८ मा दिएको सम्मानपत्रमा लेखिएको छ,‘बोक्सीहरुले बिगारेको, छलकपट पारेको, दुःख दिएको आदि रोगको बुटीबाट उपचार गर्न सफल भएको पाइएकाले यस चौकीबाट नगद तीन हजार रुपैयाँ पुरस्कारसमेत प्रदान…

Read More

काठमाडौँ । टेलिभिजन क्षेत्रको प्रतिष्ठित अवार्ड ‘अन्तराष्ट्रिय एम्मी अवार्ड २०१६’को मनोनयन मंगलबार सार्वजनिक भयो। यस पटक समाचार विधामा कतारको समाचार संस्था अल जजिरा कार्यरत नेपाली पत्रकार सुबिना श्रेष्ठ पनि मनोनित भएकी छिन्। गत वर्ष वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछिको नेपालको अवस्थालाई श्रेष्ठले लगातार कभरेज गरेकी थिइन्। छापा पत्रकारिता र डकुमेन्ट्री निर्देशनमा लागेकी सुबिना सन् २००६ मा अल जजिराको स्थापनापछि टेलिभिजन रिपोर्टिङमा लागेकी हुन्। उनले नर्गिस चक्रवातपछिको अवस्थालाई कभर गरेको भिडियो रिपोर्टिङका लागि पनि ‘कोन्सेन्ट्रा अवार्ड’ पनि जितिसकेकी छिन्। सन् २०१५ र २०१६ मा नेपालको भूकम्प पछिको अवस्थालाई समेटेर सुबिनाले ‘द स्टोरी आइ विस आइ नेभर ह्याड टू टेल’ नेपाल…

Read More

काठमाण्डौ । वानकी मुन अन्तर्रा्ष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको टोलीले ४ स्वर्ण जितेको छ । प्रतियोगितामा सहभागी मध्येबाट १० ले रजत र चार जनाले कास्य समेत हात पार्न सफल भएका छन् । ७ देखि ८ तारिख सम्म भएको खेल संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन को जन्म स्थान उम्सङको जिम्न्यासियममा खेलाईएको थियो । प्रतियोगितामा अमेरिका , रसिया, चीन, भारत, बङ्गलादेश , श्रीलंका लगायत बिश्वका २६ देशको सहभागीता रहेको थियो उक्त प्रतियोगिताको नेतृत्व अन्तराष्ट्रिय प्रशिक्षक तथा संघका चितवन जिल्ला अध्यक्ष विकास श्रेष्ठले गरेका थिए ।

Read More