काठमाण्डौ । वानकी मुन अन्तर्रा्ष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको टोलीले ४ स्वर्ण जितेको छ ।
प्रतियोगितामा सहभागी मध्येबाट १० ले रजत र चार जनाले कास्य समेत हात पार्न सफल भएका छन् ।
७ देखि ८ तारिख सम्म भएको खेल संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन को जन्म स्थान उम्सङको जिम्न्यासियममा खेलाईएको थियो ।
प्रतियोगितामा अमेरिका , रसिया, चीन, भारत, बङ्गलादेश , श्रीलंका लगायत बिश्वका २६ देशको सहभागीता रहेको थियो
उक्त प्रतियोगिताको नेतृत्व अन्तराष्ट्रिय प्रशिक्षक तथा संघका चितवन जिल्ला अध्यक्ष विकास श्रेष्ठले गरेका थिए ।
Facebook Comments Box