काठमाडौं,साउन २७ ।
साबिकको हेटौंडा नगरपालिका उप–महानगरपालिकामा स्तर उन्नती भएपछि हाल १७ वडामा रहेको ऐतिहासिक सुरुङ सम्बन्धमा नगरले चासो दिएको छ ।
सुरुङमार्गबारे अध्ययन र खोजीका लागि उप–महानगरपालिकाले ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।
मानव निर्मित सो–सुरुङ दक्षिण एसियालीकै पहिलो भएको दावी गरिएको छ । नेपाल र विश्व समुदायलाई सुरुङबारे जानकारी गराउन अध्ययन अघि बढाएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले यसवर्ष यससम्बन्धी इतिहास, डिजाइन र प्रसिद्व चुरियामाई मन्दिरबीचको सम्बन्धबारे आवश्यक प्रमाण संकलन गरिसकेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
Facebook Comments Box