काठमाडौं , साउन २७ । ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् ।
परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्यो भन्ने जानकारी परीक्षा दिने बित्तिकै दिने तयारी गरिएको हो ।
काम गर्न दक्षिण कोरिया जान चाहनेले सन् २०१९ देखि अनिवार्य रुपमा कम्प्युटरमै परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ ।
यो व्यवस्थासँगै परीक्षा लिने बित्तिकै प्राप्तांक देखाउने प्रणाली विकास गर्न लागिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Facebook Comments Box