Author: admin
काठमाण्डौ । प्रमुख दलका सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने हल्ला फिँजाएर संवैधानिक निकायलाई कमजोर बनाउने षड्यन्त्र भएको बताएका छन्। रिपोर्टर्स क्लबले आइतबार गरेको कार्यक्रममा पूर्वमन्त्री तथा एमाले सांसद डा. वंशीधर मिश्रले निहित स्वार्थ बोकेका संगठित व्यक्तिहरूले अख्तियारका प्रमुख आयुक्तमाथि महाअभियोग लगाउनुपर्छ भनेर अफवाह फैलाएको दाबी गरे । मिश्रले महाअभियोग लगाउने भनेर अतिरञ्जित पार्ने काम भएको भन्दै त्यस्तो हुन नसक्ने ठोकुवा गरे । उनले पनि संसद्मा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावको औचित्य समाप्त भइसकेको दाबी गरे । माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले कार्कीलाई महाअभियोग लगाइने भनेर अफवाह फैलाइएको बताए । ‘अख्तियार प्रमुखमाथि महाअभियोग लगाउने भनेर…
वीरगन्ज । वीरगन्जको छपकैयामा रहेको कृष्णा हस्पिटलमा स्वास्थ्यकर्मीको लापरवाहीका कारण एक सुत्केरी महिलाको ज्यान नै जोखिमममा परेको छ, आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ कृष्णा हस्पिटलमा भर्ना भइ उपचार गराइरहेकी बारा कलैया ६ की खुश्बु देवीको शरिरमा नर्सले ए पोजेटिभको सट्टा बि पोजेटिभ समुहको रगत चढाएपछि उनको ज्यान जोखिममा परेको हो। गत शुक्रबार भर्ना भइ त्यही दिन बच्चा जन्माएकी खुश्बुको शरिरबाट अत्याधिक रक्तश्राव भएपछि डाक्टर मन्जुलता अग्रवालले रगत चढाउन सिफारिस गरेकी थिइन् । डाक्टर अग्रवालको सिफारिसमा खुश्बुका श्रीमान् राजेश साहले छपकैयामै रहेको नेपाल रेडक्रस सोसाइटीको रक्त सन्चार केन्द्रबाट रगतको पोका ल्याएर अस्पतालकी नर्सलाई जिम्मा लगाएका थिए। डाक्टर अग्रवालले खुश्बुको रगत…
धनगढी । नेपाली सेनको सुदूरपश्चित पृतनाबाट एसएमजीसहित दुई ओटा गोली भरिएका म्यागजिन हराएपछि सेनाभित्र खैलाबैला मच्चिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । दिपालयमा खटिएको गरुडदल गणको एक टुकुडीको हतियार शुक्रबार हराएको हो । हतियार हराएपछि छानबिनका लागि नेपाली सेनाको एक टोली हेलिकप्टरमार्फत दिपायल पुगेको छ । पृतनाबाट सट मेसिनगन एक थान र त्यका लोडेड दुईओटा म्यागजिन हराएपछि छानबिनका लागि टोली दिपायल पुगेको हो । हतियार र गोली हराएपछि सुदूरपश्चितम पृतनाका सैनिक अधिकारी केहि बोल्न चाहिरहेका छैनन् ।
झापा । ओलम्पिककी कान्छी खेलाडी गौरिका सिंह आफ्नो हिट्समा पहिलो भएकी छन्। १३ वर्ष २ सय ५५ दिनमा ओलम्पिक खेल्न लागेकी गौरिकाले आइतबार राति नेपाली समयअनुसार ९ बजेर ४७ मिनेटमा सय मिटर ब्याकस्ट्रोकतर्फ प्रतिस्पर्धा गरेकी हुन्।
काठमाण्डौ । कालिमाटीमा एकजनाले आफ्नो छातीमा आफैँले गोली हानेर आत्महत्या गरेका छन्। प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१३ कालिमाटी धामकमार्ग बस्ने ६३ बर्षीय श्याम शेरचनले आइतबार आफ्नै छातीमा गोली हानी आत्महत्या गरेका हुन्। महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी हेमकुमार थापाका अनुसार आइतबार अपरान्ह प्रहरीले ढोका भित्रबाट बन्द रहेको अवस्थामा बाथरुमबाट शेरचनको शब बरामद गरेको हो। उनका अनुसार घरमै रहेको अनुमति प्राप्त हतियार समेत बाथरुममा फेला परेको छ। शेरचनले टु–टु राईफलल आफ्नो छातीमा गोली हानेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। कालीमाटी वृत्तले घटनाको थप अनुसन्धान गरिरहेको छ।
तनहुँ । तनहुँ क्यामिन जौबारीमा आमाको हत्या गरी एक युवक फरार छन् । स्थानीय करिब ४२ वर्षका देवबहादुर नेपालीले आमालाई कुटपिट गरी शनिबार राती फरार भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । कुटपिटपछि छोराले आमालाई लडाएपछि करिब ७५ बर्षीया आमा जुनकिरीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक विजयराज पण्डितले बताए । केही दिनअघि श्रीमतीलाई समेत कुटपिट गरे पछि आमा र छोरा मात्र घरमा बस्दै आएका थिए । घटनालगत्तै फरार देवबहादुरको प्रहरीले खोजी गरिरहेको छ । सम्भावित स्थानमा उनको खोजी भइरहेको प्रहरी निरीक्षक पण्डितले बताए । घटनाको केही घण्टापछि आइतबार बिहानै घटनास्थलमा पुगेको प्रहरीले मृतक वृद्धाको शव दमौली अस्पताल ल्याएको…
काठमाडौं । नेपाली ललितकला क्षेत्रका अग्रज व्यक्तित्व केशव दुवाडीको नाममा स्थापित केशव दुवाडी स्मृति प्रतिष्ठान नेपालको तेस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ सो अवसरमा नेपाली कला क्षेत्रमा योगदान पुर्याएबापत कलाकार मनुजबाबु मिश्रलाई यस वर्षको केशव दुवाडी स्मृति सम्मान–२०७३ बाट सम्मानित गरियो । सो कार्यक्रमका प्रमुख अतिथि मूर्तिकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीले दुवाडी अत्यन्त सरल, सक्रिय, जागरुक, धर्मपरायक र स्वाभिमानी कलाकार रहेको बताए । उनले भने, ‘दुवाडीसँग २०२२ सालदेखि संगत गरेको हुँ । उहाँ अत्यन्त कुशल र कर्तव्यपरायण कलाकार हुनुहुन्थ्यो ।’ सो कार्यक्रममा ज्ञानेन्द्र विवशले कलाकार मनुजबाबु मिश्रको कला यात्रा र उनले नेपाली कला क्षेत्रमा पु¥याएको योगदानको…
झापा । मधेस आन्दोलनका क्रममा वीरगञ्जमा मारिएका एक भारतीय नागरिकलाई पनि सहिद घोषणा गर्ने सरकारले तयारी गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले गत नोभेम्बर २, २०१५ मा वीरगञ्जमा मारिएका भारतीय युवा आशिस रामको नामम पनि सहिदको सूचीमा समावेश गरिने जानकारी दिएका हुन् । आशिस विहार रक्सौलका नागरिक हुन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोध प्रदर्शनमा भाग लिने क्रममा प्रहरीले आशिसमाथि गोली प्रहार गरेको थियो । उनको घटना स्थलमा नै मृत्यु भएको थियो । टाइम्स अफ इन्डियाका अनुसार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारसमक्ष आशिसको नाम सहिदको सूचीमा समावेश गर्ने प्रस्ताव गरेका हुन् । सरकारले पछिल्लो क्याबिनेट बैठकबाट मधेस…
झापा । रियो ओलम्पिकमा फ्रेन्च जिम्न्यास्टिक खेलाडी समिर आइत सईदको खुट्टा भाँचिएको छ। पुरूषतर्फको प्रतिस्पर्धाको क्रममा समिर आइत सईदको खुट्टा भाँचिएको हो। सईद सन् २०१३ को यूरोपियन च्याम्पियनसिपमा स्वर्ण पदक विजेता हुन् । प्रतिस्पर्धाको क्रममा भल्टबाट ल्यान्ड गर्दा उनको देब्रे खुट्टा भुइँमा ठोक्किएर उनको खुट्टा भाँचिएको बताईएको छ । २६ वर्षीय सहिदको खुट्टा नराम्ररी ठोक्किएपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लगिएको थियो
Rajbiraj . A woman has given birth to a baby with two heads at Hanumannagar Health Post of Saptari on Saturday evening. Nududevi Yadav, 23, of Inarwa VDC – 9 and currently living at Hanumannagar Yoginimai Municipality – 10 gave birth to a double-headed son as her third child. The baby has underdeveloped nose, ears and mouth on the second head, but fully developed eyes, Hospital Chief Tarananda Jha said. Hundreds of people have visited the hospital for an opportunity to have a glimpse of the boy. Yadav already has a son and a daughter. The two-headed baby boy has…