Author: admin
काठमाण्डौ । तीन दशकदेखि एउटै लक्ष्य र उही गन्तव्य बनाएर पटकौं सदरमुकाम धाइरहेको लोकगायिका माया गुरुङको दम्पत्ती निकै खुसी थियो । बंशजका आधारमा नागरिकता पाउने जन्मसिद्ध अधिकार भए पनि अन्तरजातीय विवाहकै कारण यो जोडी नागरिकताबाट बञ्चित थियो । २५ वर्षको संघर्षपछि नागरिकता पाउँदा उनीहरुको खुसीको सीमा रहेन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । ‘आज मेरो जिन्दगीकै खुसीको दिन हो,’ नागरिकता हातमा परेपछि खुसी हुँदै लोकगायिका माया गुरुङले भनिन् । जीवनभरको लडाई जितें, खुसी छु ।’ नागरिकताको लडाईंमा उनका पति लोकमान गुरुङलाई उतिसारो वास्ता थिएन । नागरिकता नभएकै कारण वैदेशिक रोजगारी र अन्य सम्भावनाका ढोका बन्द भएपछि उनले गाउँमै…
काठमाडौं . मानव तस्करीमा संलग्न समूहले भारतीय नागरिकलाई नेपाली पासपोर्टमा विदेश उडाउन थालेका छन् । नेपालीको विवरण र विदेशीको फोटो राखेर नक्कली पासपोर्ट बनाउने गरिएको हो । नेपाली पासपोर्टमा कतार पुगेकी भारत पश्चिम बंगालकी एक युवती पक्राउ परेपछि यस्तो खुलेको हो । उनले झापाबाट तृष्णा गुरुङको नाममा नेपाली एमआरपी लिएकी हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । दिल्लीबाट श्रीलंका हुँदै कतार पुगेकी उनलाई कतारी अध्यागमनले नेपाल फर्काइदिएको हो । उनको भिसा शंकास्पद भएको भन्दै फर्काइएको हो । कतारबाट फर्काइएकी उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । आफू भारतीय भएपछि कतार जान नेपाली पासपोर्ट लिएको उनले…
काठमाण्डौ । नेपाल–बेलायत सम्बन्धको दुई सय वर्ष पूरा भएको छ । रुस र जापानसँग नेपालको सम्बन्ध स्थापित भएको ६० वर्ष पुग्दै छ । तर, यी मुलुकबाट नेपालमा र नेपालबाट ती देशमा अहिलेसम्म उच्चस्तरीय भ्रमण सकेको छैन, नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ। सरकारले तीनवटै मुलुकका सरकारप्रमुख तथा राष्ट्रप्रमुखलाई भ्रमणका लागि ‘स्ट्यान्डिङ’ निमन्त्रणा पठाइसकेको छ, तर उनीहरू आउने अझै यकिन छैन । नेपालमा लामो समयदेखि अमेरिकाबाट उच्चस्तरीय भ्रमण भएको छैन । भारत र चीनका राष्ट्रपतिको नेपाल भ्रमणको चर्चा सुरु भएको छ । तर, ‘हाई प्रोफाइल’ दुवै भ्रमण निश्चित छैन । भारतका राष्ट्रपति प्रणव मुखर्जी र चीनका राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल…
काठमाण्डौ । नयाँ मन्त्रीको शपथ ग्रहण सम्पन्न भएलगत्तै बीच बाटोमै गाडी खोसिएपछि निवर्तमान युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल हिँडेरै डेरा पुगेका छन् । बिहीबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा बाटोमै गाडी खोसिएपछि मण्डल हिँडेर डेरा पुगेका हुन् । अन्नपुर्ण दैनिकमा खबर छ । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित भएपछि मन्त्रीक्वार्टर छाडेका मण्डल बानेश्वरमा डेरा सरेका छन् । शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा मण्डलले आफूले प्रयोग गर्दै आइरहेको झन्डावाल गाडी नयाँ मन्त्रीका लागि फर्काइदिएका थिए । त्यसपछि उनले डेरासम्म पुग्न आफ्नो सचिवालयले प्रयोग गरेको सेतो रङको गाडी…
काठमाण्डौ । नयाँ संवधान जारी भएको ९ महिनामा दुइटा सरकार बनेका छन्। केपी ओली नेतृत्वको सरकारलाई विस्थापन गर्दै पुष्पकमल दाहाल प्रचण्डले बिहीबारदेखि नेतृत्व सम्हाले। अर्को ९ महिनापछि फेरि प्रचण्डलाई विस्थापित गरेर शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ। कान्तिपुर दैनिकमा समाचार छ। नयाँ संविधानमा सुधारिएको संसदीय व्यवस्थाको परिकल्पना छ। तर यही परिकल्पनाभित्रका प्रावधानले भने मुलुकलाई अस्थिर सरकारहरुको शसंखलाबाट मुक्ति दिलाउने देखिन्न। नयाँ चुनावपछि बन्ने संसद पनि सत्ता परिवर्तन गर्ने खेलमैदानकै रुपमा बढी प्रयोग हुने सम्भावना छ। ‘थ्रेसहोल्डविनाको निर्वाचन प्रणाली अपनाइएकाले संसद कसैको बहुमत पुग्नु असम्भव जस्तै हुन्छ,’ संवैधानिक मामलाका जानकारी नीलाम्बर आचार्य भन्छन्,‘यसैका कारण स्थिर सरकार बन्ने सम्भावना कम…
काठमाण्डौ । बाराको गढीमाईमा पशुबली दिएर मनाईने गढीमाई मेलामा पशुलाई क्रुर व्यवहार गरेर मार्ने काम बन्द गर्नेका लागि सर्वोच्च अदालतले फेसला गरेको छ । पशु अधिकारकर्मीहरु तथा बिभिन्न संस्थाले पशुका अधिकारका विषयमा बिरोध जनाईरहेका बेला सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई भएको हो । सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुबलि जस्तो क्रुर व्यवहार रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने क्रुर व्यवहार रोक्नका लागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएका अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए। आदेशमा भनिएको छ, ‘जनतालाई त्यो ठीक होइन भन्ने…
काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले गरिब घर परिवार पहिचान गरी उनीहरुको जीवनस्तर उकास्ने गरी ‘गरिबका लागि सरकार’ अभियान संचालन गर्ने निर्णयमा पनि हस्ताक्षर गरेका छन् । यस्तै तीन महिनाभित्र सबै प्राथमिक स्वास्थ्य चौकीहरुमा चिकित्सकको व्यवस्था गर्ने र दलित समुदाय तथा कर्णाली अञ्चलमा नवजात शिशुको हद्म्याद भित्रै जन्मदर्ता गर्नेलाई प्रोत्साहनस्वरुप १ हजार रुपैयाँ भत्ता दिने निर्णयमा समेत प्रचण्डले हस्ताक्षर गरेका छन् । बिहिबार संसदबाट ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका प्रधानमन्त्री दाहाल बिहिबार दिउँसो राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएपछि साँझ सिंहदरबारमा पदभार सम्हाल्न पुगेका थिए । ४ बुँदे निर्णयमा हस्ताक्षरपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले मुलुकको पहिलो पटक प्रधानमन्त्री हुँदा…
झापा । वान प्लसको बहुप्रतिक्षित स्मार्टफोन ‘वान प्लस ३’ नेपाली बजारमा केहि दिन अघि मात्र सार्वजनिक गरेको छ। चिनियाँ प्रख्यात मोबाइल ब्राण्ड वान प्लसले यो स्मार्टफोनलाई विश्वका ७ मुलुकबाट एकैचोटी बिक्री सुरु गरेको छ । मूल्य र फिचरको सन्दर्भमा विश्वकै उत्कृष्ट ब्राण्डमा पर्न सफल वान प्लसले वान प्लस ३ लाई फ्ल्यागसिप स्मार्टफोनको रुपमा अघि सारेको छ । ६ जिबी र्याम रहेको वान प्लस –३ मा प्राथमिक क्यामरा १६ मेगापिक्सेल तथा फ्रन्ट फेस क्यामरा ८ मेगापिक्सेलको रहेको कम्पनीले जनाएको छ। उक्त क्यामरा ड्यिुल स्टेभलाइजिङ प्रविधिमा आधारित रहेको पनि कम्पनीले जानाएको छ। वान प्लस ३ मोबाइल पारखीका लागि निकै उत्कृष्ट फिचरका साथ…
रसुवा । रसुवा जिल्ला अभिभाबक संघमा सुरेन्द्र अाचार्यको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिती चयन गरिएको छ । जिल्लाभरका विद्यालयमा पढ्ने बालबालीकाहरुको भेलाले अाचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको केन्दिय अभिभाबक संघका प्रतिनिधी सुबोध भण्डारीले जानकारी दिनुभयो । कार्यसमितीको उपाध्यक्षमा ईश्वर थापा मगर, सचिवमा सरोज लामा, कोषाध्यक्षमा शान्ता खड्का, र सदस्यहरुमा छेसिङ तामाङ,निर्मल घले र दिनेशराज अाचार्य चयन भएका छन् । अभिभाबक संघले जिल्लामा भएका विद्यालयको शिक्षाा सुधार गर्ने देखि बालबालीबालीकालाई गुणस्तरीय शिक्षा दिनका लागि पहलकदमी चाल्ने निर्वाचित अध्यक्ष अाचार्यले बताए ।
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी चितवनको सौरहामा शुरु भएको छ । बिहीबारदेखि शरु भएको गोष्ठी ३ दिनसम्म चल्नेछ । संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संस्थाका परामर्शदाता मेघराज गजुरेल, सल्लाहकार लक्ष्मण पाठक लगायतले सहाराले हालसम्म सञ्चालन गरेका कार्यक्रमका बारेमा चर्चा गर्दे प्रगतिको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै गजुरेलले सहारा नेपाल साकोस क्षमता र दक्षताका आधारमा एसियामा मात्र नभएर विश्वमै उत्कृष्ट भएको धारणा राखेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार पाठकले सहारा नेपाल लक्षित वर्गमा पुग्न सफल संस्था भएको र सर्वसाधारणको जीवन स्तर उकास्न मद्दत पुर्याएको चर्चा…