झापा । वान प्लसको बहुप्रतिक्षित स्मार्टफोन ‘वान प्लस ३’ नेपाली बजारमा केहि दिन अघि मात्र सार्वजनिक गरेको छ।
चिनियाँ प्रख्यात मोबाइल ब्राण्ड वान प्लसले यो स्मार्टफोनलाई विश्वका ७ मुलुकबाट एकैचोटी बिक्री सुरु गरेको छ । मूल्य र फिचरको सन्दर्भमा विश्वकै उत्कृष्ट ब्राण्डमा पर्न सफल वान प्लसले वान प्लस ३ लाई फ्ल्यागसिप स्मार्टफोनको रुपमा अघि सारेको छ ।
६ जिबी र्याम रहेको वान प्लस –३ मा प्राथमिक क्यामरा १६ मेगापिक्सेल तथा फ्रन्ट फेस क्यामरा ८ मेगापिक्सेलको रहेको कम्पनीले जनाएको छ। उक्त क्यामरा ड्यिुल स्टेभलाइजिङ प्रविधिमा आधारित रहेको पनि कम्पनीले जानाएको छ।
वान प्लस ३ मोबाइल पारखीका लागि निकै उत्कृष्ट फिचरका साथ आएको छ । ५.५० इन्चको अप्टिक एमोलेड स्क्रिन रहेको स्मार्टफोनको डिजाइन र लुक्स अत्यन्तै आकर्षक छ, जसमा पुर्ण रुपमा मेटल र आल्मुनियमको प्रयोग भएको छ । ७.३५ एमएमको मात्र मोटाइ रहेको यो स्मार्टफोन विश्वको स्लिम स्मार्टफोनहरुको र्यान्कमा पर्दछ । यो केवल १ सय ५८ ग्राम तौलमा रहेको छ । १०८० x १९२० पिक्सल रिजुलोसनमा रहेको स्क्रिन ४०१ पिपिआइ पर इन्च पिक्सलमा रहेको छ ।
८ सय २० क्वाड प्रोसेसर रहेको स्मर्टफोनमा ३ हजार एमएचपी ब्याट्री रहेको विज्ञप्त्तिमा उल्लेख गरिएको छ। केही घण्टामा नै मोबाइल चार्च हुने ड्यास चार्जर उक्त स्मार्टफोनको मुख्य आकर्षण रहेको कम्पनीले जनाएको छ।
नेपाली स्मार्टफोनको पारखीको मागलाई ध्यान गर्दै वान प्लस –३ नेपाली बजारका भित्राएको आइहबका निर्देशकद्वय शिरिष मुर्रारका र लोकेश ओलीले बताए। मुर्रारकाले भने, ‘नेपाली बजारमा नयाँ प्रविधियुक्त स्मार्टफोनको माग बढ्दो छ र यसलाई ध्यानमा राख्दै हामीले हाम्रा ग्राहाकका लागि वान प्लस –३ बजारमा ल्याएका हौं।’ उस स्मार्टफोनमा भएको ड्यास चार्जले ग्राहकलाई आकर्षित पार्ने कम्पनीले विश्वास लिएको छ। उक्त ड्यास चार्जको प्रयोग गरी ग्राहकले आधा घण्टामा नै आफ्नो मोबाइल फुल चार्ज गर्न सक्छन्।
यसमा एन्ड्रोइडको पछिल्लो अपरेटिङ सिस्टम मार्समालोको प्रयोग भएको छ, जसमा अक्सिजन ओएस पनि समाविष्ट छ । ३ हजार एमएएचको हटाउन नमिल्ने ब्याट्रीको प्रयोग भएको यसको व्याकअप सन्तोषजनक छ । कम्पनीको दाबीअनुसार आधा घण्टामै फुल चार्ज गरेर दिनभर चलाउन सकिन्छ । २ वटा नानो सिम सपोर्ट गर्ने यसले फोर जी नेटवर्क सपोर्ट गर्दछ ।
उक्त स्मार्ट फोनको नेपाली बजारमा मुल्य ठ्याक्कै आधा लाख अर्थात ४९ हजार ९ सय रहेको कम्पनीले जनाएको छ।
झापामा याे माेवाइल हनुमान सेन्ट्रलकाे भुइँ तलामा रहेकाे पूर्वाञ्चलकाे अाधिकारीक बिक्रेता माेवाइल दाेकानमा पाइने संचालक पवन खतिवडाले बताए । याे माेवाइल लिन चाहानेलाइ माेवाइल दाेकानले शिखर सहकारी सँगकाे सहकार्यमा फाइनान्सकाे पनि व्यवस्था गरिएकाे संचालक खतिवडाले बताए ।