रसुवा । रसुवा जिल्ला अभिभाबक संघमा सुरेन्द्र अाचार्यको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिती चयन गरिएको छ । जिल्लाभरका विद्यालयमा पढ्ने बालबालीकाहरुको भेलाले अाचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको केन्दिय अभिभाबक संघका प्रतिनिधी सुबोध भण्डारीले जानकारी दिनुभयो ।
कार्यसमितीको उपाध्यक्षमा ईश्वर थापा मगर, सचिवमा सरोज लामा, कोषाध्यक्षमा शान्ता खड्का, र सदस्यहरुमा छेसिङ तामाङ,निर्मल घले र दिनेशराज अाचार्य चयन भएका छन् । अभिभाबक संघले जिल्लामा भएका विद्यालयको शिक्षाा सुधार गर्ने देखि बालबालीबालीकालाई गुणस्तरीय शिक्षा दिनका लागि पहलकदमी चाल्ने निर्वाचित अध्यक्ष अाचार्यले बताए ।
Facebook Comments Box