Author: admin
काठमाण्डौ । संविधानले थप गरेको क्षेत्राधिकारबमाेजिम संघीय सरकारी सेवासहित संगठित संस्थाहरुको परीक्षा सञ्चालनको कानुनी प्रबन्ध गर्न सरकारले लोक सेवा आयोगको काम कर्तव्य र अधिकार स्म्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ। गोरखापत्र दैनिकमा समाचार छ। नयाँ संविधानले आयोगलाई सुरक्षा निकाय, संस्थान सेवा तथा अन्य सरकारी स्वामित्वका संगठित संस्थाको कर्मचारी नियुक्तिसम्बन्धी परीक्षा सञ्चालनको दायित्व थप गरेको छ। थपिएको भूमिकाअनुसार कानुन व्यवस्था गर्न सरकारले आयोगको मौजुदा ऐन संशोधन प्रस्ताव संसदमा दर्ता गरेको हो। संवैधानिक प्रबन्ध र प्रस्तावित विधेयकको व्यवस्थाअनुसार शिक्षक सेवा आयोग र विश्वविद्यालय सेवा आयोगबाहेकका अन्य निकायको लिखित परीक्षा अब लोक सेवा आयोगले लिनेछ। यसअघि निजामती सेवाको परीक्षा सञ्चालन…
काठमाण्डौ । नेपाल विद्यार्थी संघको महाधिवेशन प्रनितिधि सूची सार्वजनिक भएको छ। विवादबीच पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिले शनिवार राति प्रतिनिधिको टुंगो लगाएको हो। नागरिक दैनिकमा समाचार छ। महाधिवेशन प्रतिनिधि ३ हजार ४ सय मात्र रहने गरी गत मंगलबार सहमति जनाएपनि पार्टीको आधिकारिक साइटमार्फत सर्वाजनिक सूचीमा भने ४ सय भन्दा बढीको नाम छ। नेविसंघ केन्द्रीय निर्वाचन समितिका संयोजक भरत खरेलको हस्ताक्षरमा सार्वजनिक गरिएको प्रतिनिधि सूचीमा ३ हजार ७ सय ६० प्रतिनिधिको नाम छ। सूचीमा नेता रामचन्द्र पौडेल पक्षबाट निर्देशक समिति सदस्य रहेका गुरुराज घिमिरेले असहमति जनाएपनि सोही पक्षका गोविन्द भट्टराई र निर्वतमान अध्यक्ष रञ्जित कर्णले हस्ताक्षर गरेका छन्।…
काठमाण्डौ । अधिकांश राजनीतिक दलले स्थानीय तह पुनःसंरचनाका काममा चित्त नबुझाइरहेका बेला जिल्ला प्राविधिक समितिलाई कुनै पनि काम नरोक्न सीमा निर्धारण आयोगले निर्देशन दिएको छ। नागरिक दैनिकमा समाचार छ। वडा, गाउँपालिका, नगरपालिकाको संख्या निर्धारण गरी साउन मसान्तभित्रै नामांकन र सीमांकनका काम सक्ने जिम्मेवारी पाएको आयोगले यतिबेला उठिरहेको गुनासालाई बेवास्ता गर्दै काम अघि बढाउन भनेको हो। शुक्रवार आयोगले देशभरका स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिलाई पत्र पठाउँदै कुनै द्विविधामा नपरी काम गर्न निर्देशन दिएको छ। आयोगको पत्रमा भनिएको छ,‘कार्यसर्त र कार्यविधिअनुसार गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको पुनःसंरचनासम्बन्धी कार्य भइरहँदा केही सञ्चारमाध्यममा स्थानीय तहको संख्याका सम्बन्धमा फरक धारणा आएकोमा…
विर्तामोड । झापाको बिर्तामोडलाई सफा शहर बनाउने अभियानमा जुटेको विवेकशील नेपाली झापाले बिर्तामोड सरसफाई अभियानलाई निरन्तरता दिदै ११ औं हप्ता सफलतापूर्वक सम्पन्न गरेको छ । जेष्ठ ८ गतेदेखि प्रत्येक हप्ताको शनिबार बिर्तामोड सरसफाई गर्ने अभियान शुरु गरिएको थियो । गत जेष्ठ १५ गतेदेखि निरन्तर रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र ग्रामीण सेवा समुदाय क्लबले सहयोग गर्दै आएको छ । ११ औं हप्तामा आइपुग्दा बिभिन्न युथ क्लब, संघसंस्था, सामाजिक संस्था, संचार माध्यम लगायत १६ वटा संस्थाहरुको सहयोग रहँदै आएको छ । सरसफाई अभियानलाई निरन्तर रुपमा अघि बढाउन साउन ३१ गते स्थानीय निकाय, संघसंस्था, प्रशासन र पत्रकारहरुसंग बिहान ८ बजे ट्राफिक…
भद्रपुर । रोटरी क्लब अफ भद्रपुरको तेस्रो वर्षको पद हस्तान्तरण कार्यक्रम शुक्रवार साझ भव्य रुपमा सम्पन्न गरिएको छ । झापाको भद्रपुरमा आयोजित एक समारोहका बिच क्लबका पूर्व अध्यक्ष किशोर पराजुलीले वर्ष १६ का नवनिर्वाचित अध्यक्ष दिपेश ढकाललाई लकेट लगाएर पद हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि क्लबका डिस्ट्रिक गर्भनर रोटरियन चिन्तामणि भट्टराईले क्लवका अध्यक्ष ढकाललाई सपथ ग्रहण गराएका थिए । ढकालले सपथ ग्रहण लिए पश्चात उहाँले क्लवका नवनिर्वाचित पदाधिकारीहरुलाई पनि सपथ ग्रहण गराउदै जिम्मेवारी प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै डिस्ट्रिक गर्भनर रोटरियन भट्टराईले रोटरी क्लब संसारको उत्कृष्ट सामाजिक संस्था भएको बताउनु भयो । सवै वर्ग एकै ठाउमा बसेर…
दमक । भुटानी शरणार्थी समुदायलाई खेलकुद क्षेत्रमा लाग्न प्रेरित गर्दै शनिबार झापाको दमकमा मिनी म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको छ । रियो ओलम्पिकमा विभिन्न देशका १० दस जना शरणार्थीले भाग लिइरहेका बेला भुटानी शरणार्थीलाई पनि खेलकुद क्षेत्रमा लाग्नका लागि प्रोत्साहन गर्न उक्त दौड प्रतियोगिताको आयोजना गरिएको स्थानीयबासी तथा शरणार्थी सम्बन्धि संयुक्त राष्ट्र संघीय उच्चायोगले जनाएका छन् । दौड प्रतियोगितामा प्रथम भएका मोरङ मधुमल्ला २ का याङदेब राईले भुटानी शरणार्थी समुदायमा खेलकुद प्रतियोगिताको विकास होस भन्ने उद्देश्यले आफूले प्रतियोगितामा सहभागिता जनाएको प्रतिक्रिया दिए । शनिबार सम्पन्न दौड प्रतियोगिता आयोजना गर्नुको उद्देश्य भुटानी शरणार्थी समुदायमा खेलकुद प्रतिको लगाव बढाउनु रहेको शरणार्थी सम्बन्धि…
विर्तामोड । झापाको विर्तामोडमा अस्ट्रेलियामा रहेको सेन्ट्रल अस्ट्रेलियन कलेजबारेको सेमिनार सम्पन्न भएको छ । नेपाली भाषीले सञ्चालन गरेको उक्त कलेजका बारेमा जानकारी गराइएको उक्त सेमिनार एजुकेसन पार्कले आयोजना गरेको थियो । विर्तामोडमा रहेको हिकोला हेरिटेज होटलमा भएको उक्त सेमिनारमा अस्ट्रेलिया जाँदा र त्यहाँ बस्दाका कानुनी प्रावधान र पूरा गर्नुपर्ने कागजातका बारेमा जानकारी गराइएको थियो । शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डेले अस्ट्रेलिया विद्यार्थीका लागि सुरक्षित रहेको बताए । उक्त कार्यक्रममा उच्च शिक्षा अध्ययन गर्न विदेश जान इच्छुक विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो । शनिश्चरे रोड विर्तामोडमा रहेको एजुकेसन पार्कले अस्ट्रेलिया अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि परामर्श दिने काम…
काठमाडौँ । ओमनको दोश्रो सहर सललाहामा कार्यरत घैलाडुब्बा—२, सुरुङ्गा झापाकी मनिता टुडु तीन तलाबाट हाम फालेर ज्यान जोगाइएकी छिन् । हाम्फाल्दा उनको देब्रो खुट्टा र हात भाँचिएको छ ।आफू कार्यरत घरमा आगलागी हुँदा कोठाबाट निस्कन नपाएपछि उनी झ्यालबाट हाम्फालेको हुन् । उनको सलालहास्थित सुल्तान काबुस अस्पतालमा उपचार भइरहेको छ । ‘घरमा एक्कासी आगो लाग्यो । कोठा बन्द भएर भाग्न पाइनँ । केही सोच्न सकिनँ । जे पर्लापर्ला भनेर तीन तलाबाट हाम्फाले’, उनले फोनमा भनिन् । उनी १८ महिनादेखि त्यस घरमा कार्यरत थिइन् । उनलाई उपचार पूरा नभई नेपाल पठाउने तयारी भएको छ । उनका मालिक स्पोन्सर ले उपचार खर्च धेरै…
विर्तामोड । किशोर किशोरीहरुलाई साइबर अपराध सम्बन्धी जानकारी दिने उद्देश्यले विर्तामोडमा दुई दिने प्रशिक्षण सम्पन्न भएको छ । विर्तामोडको देवभूमि विद्यापीठ स्कूलले आयोजना गरेको कार्यक्रममा इन्टरनेटका माध्यमबाट हुने अपराध, त्यसबाट सर्तक हुने तरिका, सामाजिक सञ्जालमा हुने अपराध र गलत कार्य जस्ता विषयका बारेमा डिआर निरजले प्रशिक्षण दिएका थिए । प्रशिक्षण समापन कार्यक्रममा झापाका सहायक जिल्ला शिक्षा अधिकारी युवराज पाण्डे, इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्री, क्यान झापाका सचिव लक्ष्मीकान्त खनाल, विर्ता जेसीजका वीरबहादुर दर्नाल लगायतले अहिलेको सन्दर्भमा तालिम उपयोगी भएको बताए । विद्यालयका प्रिन्सिपल केशव मैनालीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने जिल्ला ट्राफिक कार्यालय विर्तामोडका…
विर्तामोड । नेकपा माओवादी केन्द्रको झापा जिल्ला भेलाको तयारी पूरा भएको जनाइएको छ । केही महिनाअघि विभिन्न १० बाम घटक बीच केन्द्रमा एकता भए पनि जिल्लामा एकता हुन सकेको थिएन । शनिबार विर्तामोडमा हुने एकता भेलामा जिल्ला भरका ६ सय बढी नेता कार्यकर्ताहरुको सहभागिता रहने आयोजक समितिका सदस्य पुरुषोत्तम चुडाल राजुले बताए । भेलाको उद्घाटन पार्टीका प्रदेश इञ्चार्ज राम कार्की (पार्थ) ले गर्दैछन् । भेलाले अधिवेशन आयोजक समिति गठन गर्दै असोज मसान्तभित्रमा अधिवेशन गरी सक्ने पार्टीका प्रचार विभाग प्रमुख गगन पूरीले बताए ।