विर्तामोड । किशोर किशोरीहरुलाई साइबर अपराध सम्बन्धी जानकारी दिने उद्देश्यले विर्तामोडमा दुई दिने प्रशिक्षण सम्पन्न भएको छ ।

विर्तामोडको देवभूमि विद्यापीठ स्कूलले आयोजना गरेको कार्यक्रममा इन्टरनेटका माध्यमबाट हुने अपराध, त्यसबाट सर्तक हुने तरिका, सामाजिक सञ्जालमा हुने अपराध र गलत कार्य जस्ता विषयका बारेमा डिआर निरजले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण समापन कार्यक्रममा झापाका सहायक जिल्ला शिक्षा अधिकारी युवराज पाण्डे, इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्री, क्यान झापाका सचिव लक्ष्मीकान्त खनाल, विर्ता जेसीजका वीरबहादुर दर्नाल लगायतले अहिलेको सन्दर्भमा तालिम उपयोगी भएको बताए ।
विद्यालयका प्रिन्सिपल केशव मैनालीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने जिल्ला ट्राफिक कार्यालय विर्तामोडका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले ट्राफिक सचेतना बारे सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
साइबर सेक्यूरिटी इन्टरनेशनल, कम्प्यूटर एसोसिएसन अफ नेपाल झापाको सहयोगमा आयोजित कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन शर्मा जमरकट्टेलले गरेका थिए ।
![]()