विर्तामोड । झापाको बिर्तामोडलाई सफा शहर बनाउने अभियानमा जुटेको विवेकशील नेपाली झापाले बिर्तामोड सरसफाई अभियानलाई निरन्तरता दिदै ११ औं हप्ता सफलतापूर्वक सम्पन्न गरेको छ ।
जेष्ठ ८ गतेदेखि प्रत्येक हप्ताको शनिबार बिर्तामोड सरसफाई गर्ने अभियान शुरु गरिएको थियो । गत जेष्ठ १५ गतेदेखि निरन्तर रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र ग्रामीण सेवा समुदाय क्लबले सहयोग गर्दै आएको छ ।
११ औं हप्तामा आइपुग्दा बिभिन्न युथ क्लब, संघसंस्था, सामाजिक संस्था, संचार माध्यम लगायत १६ वटा संस्थाहरुको सहयोग रहँदै आएको छ ।
सरसफाई अभियानलाई निरन्तर रुपमा अघि बढाउन साउन ३१ गते स्थानीय निकाय, संघसंस्था, प्रशासन र पत्रकारहरुसंग बिहान ८ बजे ट्राफिक प्रहरी कार्यालय मुक्ति चोकमा छलफल गरिने विवेकशील नेपालीले जानकारी दिएको छ ।
Facebook Comments Box