विर्तामोड । नेकपा माओवादी केन्द्रको झापा जिल्ला भेलाको तयारी पूरा भएको जनाइएको छ । केही महिनाअघि विभिन्न १० बाम घटक बीच केन्द्रमा एकता भए पनि जिल्लामा एकता हुन सकेको थिएन ।
शनिबार विर्तामोडमा हुने एकता भेलामा जिल्ला भरका ६ सय बढी नेता कार्यकर्ताहरुको सहभागिता रहने आयोजक समितिका सदस्य पुरुषोत्तम चुडाल राजुले बताए । भेलाको उद्घाटन पार्टीका प्रदेश इञ्चार्ज राम कार्की (पार्थ) ले गर्दैछन् ।
भेलाले अधिवेशन आयोजक समिति गठन गर्दै असोज मसान्तभित्रमा अधिवेशन गरी सक्ने पार्टीका प्रचार विभाग प्रमुख गगन पूरीले बताए ।
Facebook Comments Box