
भद्रपुर । रोटरी क्लब अफ भद्रपुरको तेस्रो वर्षको पद हस्तान्तरण कार्यक्रम शुक्रवार साझ भव्य रुपमा सम्पन्न गरिएको छ ।
झापाको भद्रपुरमा आयोजित एक समारोहका बिच क्लबका पूर्व अध्यक्ष किशोर पराजुलीले वर्ष १६ का नवनिर्वाचित अध्यक्ष दिपेश ढकाललाई लकेट लगाएर पद हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि क्लबका डिस्ट्रिक गर्भनर रोटरियन चिन्तामणि भट्टराईले क्लवका अध्यक्ष ढकाललाई सपथ ग्रहण गराएका थिए । ढकालले सपथ ग्रहण लिए पश्चात उहाँले क्लवका नवनिर्वाचित पदाधिकारीहरुलाई पनि सपथ ग्रहण गराउदै जिम्मेवारी प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै डिस्ट्रिक गर्भनर रोटरियन भट्टराईले रोटरी क्लब संसारको उत्कृष्ट सामाजिक संस्था भएको बताउनु भयो । सवै वर्ग एकै ठाउमा बसेर आपत विपत्मा परेका देखि लिएर समाजमा खड्किएको आवश्यक्तालाई मलम पट्टी लगाउने काम क्लबको मुख्य उदेस्य रहेको उहाले प्रस्ट पार्नु भएको थियो ।
मानविय सेवामा सर्मपित रहि विश्व शान्तिको अन्तिम लक्ष्य रहेको उनले बताए । नव निर्वाचित अध्यक्ष ढकालले आफ्नो एक वर्षे कार्यकालमा गरिने कार्य योजनाहरु सार्वजानिक गर्नु भएको थियो । उनले यो वर्ष झापा कारागारका कैदीबन्दीलाई मध्यनजर गरी ४४ लाखको लागतमा सुविधा सम्पन्न स्नान घर निर्माण तथा पिउने पानीको व्यवस्था गर्ने, दुई पटक रक्तदान कार्यक्रम गर्ने, बृक्षा रोपण, निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक सामाग्री वितरण लगायतका महत्वपुर्ण कार्यक्रम गरिने बताए ।
अध्यक्ष ढकालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकाल, झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, क्लबका सहायक गर्भनर राजु महर्जन, रोटरियन सन्तोष रिजाल लगायतले बोल्नु भएको थियो । स्वागत मन्तव्य सुरजकुमार खत्रीले राखेको कार्यक्रमको संचालन क्लबका सचिव इश्वर अधिकारीले गरेका थिए ।