काठमाडौँ । ओमनको दोश्रो सहर सललाहामा कार्यरत घैलाडुब्बा—२, सुरुङ्गा झापाकी मनिता टुडु तीन तलाबाट हाम फालेर ज्यान जोगाइएकी छिन् ।
हाम्फाल्दा उनको देब्रो खुट्टा र हात भाँचिएको छ ।आफू कार्यरत घरमा आगलागी हुँदा कोठाबाट निस्कन नपाएपछि उनी झ्यालबाट हाम्फालेको हुन् । उनको सलालहास्थित सुल्तान काबुस अस्पतालमा उपचार भइरहेको छ ।
‘घरमा एक्कासी आगो लाग्यो । कोठा बन्द भएर भाग्न पाइनँ । केही सोच्न सकिनँ । जे पर्लापर्ला भनेर तीन तलाबाट हाम्फाले’, उनले फोनमा भनिन् । उनी १८ महिनादेखि त्यस घरमा कार्यरत थिइन् ।
उनलाई उपचार पूरा नभई नेपाल पठाउने तयारी भएको छ । उनका मालिक स्पोन्सर ले उपचार खर्च धेरै लाग्ने भन्दै जतिसक्दो छिटो नेपाल पठाउने तयारी गरेका छन् ।
ओमनस्थित गैरआवासीय नेपाली संघले उपचार पूरा भइसकेपछि मात्रै स्वदेश पठाउने ब्यबस्था गर्न नेपाली दुताबाससमक्ष अनुरोध गरेको छ । कान्तिपुर