Author: admin
विर्तामाेड । झापाको बिर्तामोडलाई सफा शहर बनाउने अभियानमा जुटेको विवेकशील नेपाली झापा लगायतका संघसंस्थाले बिर्तामोड सरसफाई अभियानलाई निरन्तरता दिदै १२ औं हप्ता सफलतापूर्वक सम्पन्न गरेको छ । विगत १२ हप्तादेखि गर्दै आएको सरसफाई कार्यक्रम अन्तर्गत शनिबार कृषिथोक बजारस्थित केही दिनअघि आगलागी भएको स्थानमा सरसफाई गरिएको छ । झापामा क्रियाशील बिभिन्न संघसंस्थाकाे नेतृत्वमा शनिबार विहान ७ बजेदेखि ९ बजेसम्म सरसफाई गरिएको थियो । उक्त स्थानबाट तीन ट्रयाक्टर जलेका कपडा, जुत्ता चप्पल, कस्मेटिक्स सामान निकालिएको थियो । त्यसैगरी रेयुकाई विर्तामोडले सरसफाई अभियानका लागि डस्ट बिन पनि हस्तातन्तरण गरेको थियो । विर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेकाले जम्मा भएको फोहोर मुक्ति चोक पूर्वको धर्मकाँटा…
विर्तामोड । झापाका महिला नेतृहरुले स्थानीय तहको पुनर्संरचना गर्दा राज्यका सबै तहमा महिलाको सहज पहुँच पुग्न सक्ने र महिलालाई समान अधिकार दिनेगरी गरिनुपर्ने सुझाव दिएका छन् । संवाद समूहको सचिवालय झापाको संयोजनमा शनिबार बिर्तामोडमा भएको छलफलमा महिला नेतृहरुले विविध पक्षलाई ध्यानमा दिई विवादरहित ढंगले स्थानीय तहको पुनर्संरचनामा सरोकारवाला सबै अग्रसर हुनुपर्ने साझा धारणासमेत राखेका छन् । महिला नेतृहरुले स्थानीय तहको पुनर्संरचनाको विषय सर्वसाधारण जनताले बुझ्न नसकेको बताउँदै यसबारे सार्वजनिक सुनुवाई तथा अन्य विविध माध्यमबाट जनताको सुझाव र सहभागितामा यो कार्य गर्नुपर्ने समेत बताए । अझै समय थप गरेर जनताको राय लिएर पुनर्संरचना गरिंदा उपयुक्त हुने उनीहरुको धारणा थियो । झापाको…
कोलकत्ता । उनकै दावीमा विश्वास गर्ने हो भने हिन्दू स्वामी शिवानन्दको उमेर १ सय २० वर्ष भयो । उनी भारतमा बस्छन् । यी स्वामीको पासपोर्टमा जन्ममिति अगष्ट १८९६ लेखिएको छ । यसको मतलब उनले तीन शताब्दी देखिसकेका छन् । उनी आफ्नो लामो जीवनको राज योगलाई नै मान्छन् । आज पनि यी बाबा घण्टौसम्म योग गर्छन् । ‘यो सब योगको कमाल हो,’ उनी भन्छन्, ‘योग गर्नुस्, सेक्स र मसलेदार खानाबाट टाढा रहनुस् ।’ अहिले उनको नाम गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा सामेल गर्ने तयारी भइरहेको छ । गिनिज बुकको टोलीले उनको दावीलाई पुष्टि गर्ने प्रयास गरिरहेको छ । हाल यो…
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो चीन भ्रमण फलदायी र सकारात्मक भएको जानकारी दिएका छन् । मन्त्रीपरिषद्को निर्णयअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेषदूत बनेर चीन गएका महराले शनिबार स्वदेश फर्किनेक्रममा यस्तो बताएका हुन् । ‘मेरो चीन भ्रमण निकै फलदायी र उत्साहपूर्ण रह्यो,’ स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग महराले भने, ‘चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणबारे पनि सकारात्मक सन्देश पाएका छौँ ।’ साथै उनले चीन भ्रमणका क्रममा भएका राजनीतिक र उच्चस्तरीय भेटवार्तामा निकै सौहार्दपूर्ण र सकारात्मक कुरा भएको जानकारी दिँदै दुई देशका परराष्ट्रमन्त्री नियमित सम्पर्कमा रहने समझदारी बनेको जानकारी दिए । चिनियाँ राष्ट्रपतिको भ्रमणको मितिबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा महराले मिति तय…
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेषदूत बनेर भारत पुगेका निधिले सेभन रेस कोर्सस्थि निवासमै पुगेर मोदीलाई भेटेका हुन् । हैदरावाद हाउसमा भएको ४५ मिनेटको भेटवार्तामा प्रधानमन्त्री मोदीले संविधान जारी भएपछिको नेपालको राजनीतिक अवस्थाको बारेमा चासो व्यक्त गरेका थिए । जवाफमा मन्त्री निधिले संविधानमा असन्तुष्ट राख्ने मधेसी मोर्चाको माग सम्बोधन गर्नेगरि छिट्टै संशोधन प्रस्ताव अघि बढाइनेबारे विश्वास दिलाएका थिए । भेटमा उप्रधानमन्त्री निधिले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् । निधिले यसअघि रोकिएको जनकपुर, मुक्तिनाथ र लुम्बिनी भ्रमणका लागि नेपाल सरकारका तर्फबाट…
झापा । दिपेन भेटवाल (२७) कार्यक्रम निर्माता, डकुमेन्ट्ररी/म्यूजिक भिडियो निर्देशक, गायक, मोडल तथा भिजे हुन् । झापा धुलाबारीका भेटवाल अहिले सुर्योदय टेलिभिजन, विर्तामोडमा कार्यक्रम निर्माताको रुपमा कार्यरत छन् । उनले २० वटा डकुमेन्ट्ररीमा काम गरिसकेका छन् भने ४ वटा गीत रेकर्ड गरिसकेका छन् । निक्कै छोटो समयमा ठूलो फड्को मार्न सफल यी भेटवालले टेलिभिजन पत्रकारितामा भने ०६४ सालमा डेब्यू गरेका हुन् । उनले त्यसवेला माउनटेन टेलिभिजनमा डेढ वर्ष खेलकुद समाचार वाचन गरे । त्यस्तै, उनले न्यूज २४ मा मनोरञ्जनात्मक कार्यक्रमको निर्माताको रुपमा समेत २ वर्ष काम गरे । यति मात्र होइन, नेपाल टेलिभिजन प्लसमा समेत उनको कार्यक्रम प्रशारण भएको…
सन १९७४ मा ‘ब्ल्याक होल’बारे असाधारण अनुसन्धान गरेर त्यसको पूरानो सिद्धान्त नै परिवर्तन गरिदिने वैज्ञानिक स्टेफन हकिन्स विज्ञानको दुनियाँका विख्यात वैज्ञानिक हुन् । थाहा पाउँदा तपाईंलाई अचम्म लाग्ला, उनको दिमागबाहेका शरीरका कुनै अंग चल्दैन । उनी प्यारालाइज् हुन् । आफ्नो सफलताको राज बताउने क्रममा उनले भनेका थिए, ‘यही शारीरिक अशक्तताले मलाई वैज्ञानिक बनयो ।’ यसरी शारीरिक अपाङ्ता हुनुअघि उनी पढाइमा खासै ध्यान दिँदैन थिए । तर, पछि उनका शरीरका प्राय: अंगले काम गर्न छाड्यो । त्यसपछि उनले आफ्नो पूरा दिमाग रिसर्चमा लगाए । त्यसैक्रममा उनले ब्ल्याक होलका विषयमा यसअघिका वैज्ञानिकहरुले सार्वजनिक गरेका तथ्यलाई नै झुट सावित गरिदिए र एकाएक सेलिब्रेटी बने । स्टेफन हकिन्स वैज्ञानिकका…
भद्रपुर । परिवर्तनका लागि महिला भद्रपुरकाे आयोजनामा गरिएकाेे रक्तदान कार्यक्रममा १८ जना महिलासहित ३० जनाले रगत दान गरेका छन् । वर्षायामसँगै झापाको रक्त सञ्चार केन्द्र भद्रपुरमा रगतको अभाव देखिएपछि शनिबार परिवर्तनका लागि महिलाले भद्रपुर नगरपालिकाको संयुक्त वडा कार्यालय चन्द्रगढीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा हालसम्मकै महिलाहरूकाे उत्साहजनक सहभागिता रहेको थियोे । रक्तदान कार्यक्रमलाई रेडक्रस झापाले प्राविधिक सहयोग गरेको थियो । संस्थाकी अध्यक्ष राधा खनालकाे सभापतित्व एवं प्रमुख महिला बिकास अधिकृत इन्दिरा अाेझाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा ५२ पटक रक्त दान गरेका सामाजिक अभियन्ता जीवन श्रेष्ठ, एमालेका युवा नेता अशारू राजबंशि, एकल महिलाकी अध्यक्ष रेखा अधिकारी, समाजसेवी…
भद्रपुर । वातावरण संरक्षण मञ्च नेपालको आयोजनामा भद्रपुरको लक्ष्मीटोलमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा गरिएको कार्यक्रममा चेतना नेपालका अध्यक्ष इन्द्र प्रसाद ओली, वडा नागरिक मञ्च वडा नं. १० का निवर्तमान संयोजक डुक्पा राई, आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् भद्रपुरका उपाध्यक्ष आइन्द्र आङ्दाङ्बे, स्थानीय सामाजसेवी रमेश पराजुली, ज्येष्ठ सदस्य लोकनाथ ओली, संस्थाका अध्यक्ष हैकम घिसिङ, उपाध्यक्ष रमेश राजवंशी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा भद्रपुर अञ्चल प्रहरी कार्यलयबाट पूर्व एयरपोर्ट हुँदै लक्ष्मीटोलसम्म सरसफाई गरिएको थियो भने विरुवाहरु नभएको ठाउँमा पुःन सौन्दर्य दिने खालको २५ वटा अशोकाको विरुवा रोपिएको थियो । वातावरण संरक्षण…
एजेन्सी । माइक्रोब्लगिङ साइट टि्वटरले आतंकवाद तथा हिंश्रक चरमपन्थलाई बढावा दिएको भन्दै पछिल्लो ६ महिनामा २ लाख ३५ हजार टि्वटर अकाउन्टमा प्रतिबन्ध लगाएको छ । यो सँगै सन् २०१५ यता आतंकवादलाई प्रवर्द्धन गरेको अभियोगमा प्रतिबन्ध बेहोर्ने टि्वटर अकाउन्टको संख्या ३ लाख ६० हजार पुगेको छ । चरमपन्थी संगठनहरुले हिंश्रक सन्देश पठाउनका लागि आफ्नो प्लेटर्फमको दुरुपयोग नगरुन् भन्नका लागि टि्वटरले कोसिस जारी राखेको छ । गत फेब्रुअरीमा टि्वटरले एक तथ्यांक सार्वजनिक गर्दै आतंकवादको प्रवर्द्धन तथा हिंश्रक धम्कीसँग सम्बन्धित १ लाख २५ हजार टि्वटर अकाउन्टहरु सन् २०१५ यता बन्द गरिएको जानकारी दिएको थियो । टि्वटरले एक ब्लग पोष्टमा लेखेको छ , हामी…