भद्रपुर । परिवर्तनका लागि महिला भद्रपुरकाे आयोजनामा गरिएकाेे रक्तदान कार्यक्रममा १८ जना महिलासहित ३० जनाले रगत दान गरेका छन् ।
वर्षायामसँगै झापाको रक्त सञ्चार केन्द्र भद्रपुरमा रगतको अभाव देखिएपछि शनिबार परिवर्तनका लागि महिलाले भद्रपुर नगरपालिकाको संयुक्त वडा कार्यालय चन्द्रगढीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रममा हालसम्मकै महिलाहरूकाे उत्साहजनक सहभागिता रहेको थियोे । रक्तदान कार्यक्रमलाई रेडक्रस झापाले प्राविधिक सहयोग गरेको थियो ।
संस्थाकी अध्यक्ष राधा खनालकाे सभापतित्व एवं प्रमुख महिला बिकास अधिकृत इन्दिरा अाेझाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा ५२ पटक रक्त दान गरेका सामाजिक अभियन्ता जीवन श्रेष्ठ, एमालेका युवा नेता अशारू राजबंशि, एकल महिलाकी अध्यक्ष रेखा अधिकारी, समाजसेवी सालिग्राम नेपाल , ५० पटक रक्तदान गरिसकेका रमेश न्यौपाने, लगायतले बोलेका थिए ।
पुष्पा पाेख्रेल न्याैपानेले औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाकी उपाध्यक्ष सरमिला घिमिरेले गरेकी थिइन्।