काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेषदूत बनेर भारत पुगेका निधिले सेभन रेस कोर्सस्थि निवासमै पुगेर मोदीलाई भेटेका हुन् ।
हैदरावाद हाउसमा भएको ४५ मिनेटको भेटवार्तामा प्रधानमन्त्री मोदीले संविधान जारी भएपछिको नेपालको राजनीतिक अवस्थाको बारेमा चासो व्यक्त गरेका थिए ।
जवाफमा मन्त्री निधिले संविधानमा असन्तुष्ट राख्ने मधेसी मोर्चाको माग सम्बोधन गर्नेगरि छिट्टै संशोधन प्रस्ताव अघि बढाइनेबारे विश्वास दिलाएका थिए ।
भेटमा उप्रधानमन्त्री निधिले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् । निधिले यसअघि रोकिएको जनकपुर, मुक्तिनाथ र लुम्बिनी भ्रमणका लागि नेपाल सरकारका तर्फबाट मोदीलाई निम्तो दिएका छन् ।
साथै सो अवसरमा पछिल्लो राजनीतिक घटनाक्रम र दुईपक्षीय सम्बन्धबारे पनि कुराकानी भएको स्राेतले जनाएकाे छ ।
