Author: admin
काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन लाख ५६ हजार ४१८ गरिबको पहिचान गरेको छ । मन्त्रालयले हिमाल, पहाड, र तराईका २५ जिल्लामा प्रारम्भिक चरणमा गरेको सर्वेक्षणमा गरिबलाई तीन भागमा वर्गीकरण गरिएको छ। अति गरिबमा ५० प्रतिशत छन्, जो साझँ बिहान के खाने भन्ने समस्यामा छन् । गबिमा ३० प्रतिशत त्यस्ता छन्, जो दुख गरी जेनतेन हातमुखसम्म जोर्न सक्ने अवस्थामा छन् । त्यस्तैगरी गरिबीको सङ्घारमा २० प्रतिशत जनता टन्, जसको आर्थिक गतिविधिमा ध्यान नदिने हो भने अब छिट्टै गरिब बन्ने अवस्थामा रहेको आजकोगोरखापत्र दैनिकमा समाचार छ मन्त्रालयका अनुसार मानिसको आम्दानीको स्रोत, घरको अवस्था तथा खानपिनको अवस्था, शिक्षा, स्वास्थ्य तथा…
सन्धिखर्कः अर्घाखाँचीको हंसपुरमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। अन्य पाँच जना घाइते भएका छन्। अर्घाखाँचीको सन्धिखर्कबाट प्यूठानको बादीकोटका लागि छुटेको ग १ ज ४८७८ नम्बरको जीप आइतबार अपरान्ह हंसपुरको रतनमारे नजिक पोषपाटामा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको डिएसपी नवरत्न पौडेलले जानकारी दिए। घाइतेहरुको जिल्ला अस्पतालमा सन्धिखर्कमा उपचार भइरहेको छ। घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। जीपमा १५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। मृतको सनाखत अझै हुन सकेको छैन। जीप सडकबाट झन्डै तीन सय मिटर तल खसेको डिएसपी पौडेलले जानकारी दिए ।
सिरियामा तीन लाख भन्दा धेरै बालबालिका जन्मिदै शरणार्थी बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ । पाँच वर्षअघि द्वन्द्व सुरु भएयता तीन लाख ६ हजार बालबालिका जन्मिदै शरणार्थी बनेको राष्ट्रसंघको तथ्यांक छ । विभिन्न शरणार्थी शिविरमा जन्मिएका बालबालिकाको जन्मदर्ता नहुने भएकोले उनीहरुलाई जीवनभरी नै समस्या हुने राष्ट्रसंघको भनाई छ । शरणार्थी शिविरमा जन्मिएका बालबालिकामा निमोनिया, टिटानससहितका रोगको खतरा हुन्छ । यस्तै गर्भवती महिला तथा शुशीकी आमाको स्वास्थ्यमा पनि गम्भीर असर पर्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । द्वन्द्वका कारण २७ लाख भन्दा धेरै सिरियाली बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । सिरियामा सन् २०११ मा सुरु भएको गृहयुद्धका कारण दुई लाख…
भद्रपुर । झापा सदरमुकाम आसपास क्षेत्रका पत्रकारहरुको साझा संगठनको रुपमा स्थापित प्रेस क्लव भद्रपुरको कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रम अाइतबार सम्पन्न भएको छ । भद्रपुर ८ स्थित सगरमाथाचोकमा सञ्चालनमा आएको क्लवको कार्यालय उद्घाटन नेपाली काग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले रिवन काटेर गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै सिटौलाले विकास निर्माणका काम कुनै एक दलको मात्र नभइ साझा भएकोले सबै राजनीतिक दल एक भएर लाग्नुपर्ने बताएका छन् । उनले देशको आर्थिक सम्बृद्धिका लागि पत्रकारले दलीय स्वार्थ त्यागी कलम चलाएर स्थानीय प्रशासन देखि सरकार सम्मलाई खबरदारी गर्नु पर्नेमा पनि जोड दिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सञ्चार क्षेत्रको सक्रियताबाट…
काठमाडौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतको रुपमा यही भदौ २ देखि ७ गतेसम्म गरेकाे भारत भ्रमणको बारेमा आज सदनलाई जानकारी गराएकाछन । व्यवस्थापिका–संसद्को आजको बैठकमा उनले आफनो भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन, सहकार्य र सहयोग विस्तार गर्न तथा उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्न मद्दत पुगेको बताए । सरकारको गत साउन २७ गतेको निर्णयअनुसार उपप्रधानमन्त्री निधि प्रधानमन्त्री दाहालको विशेषदूतकारुपमा भारत भ्रमण गर्नुभई त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, पूर्वप्रधानमन्त्रीलगायतका नेतासँग दुई देशबीचको सम्बन्धका बारेमा विचार विमर्श गरेका थिए। भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालको राजकीय भ्रमणको लागि पठाए पत्र हस्तान्तरण गरेको, नयाँ…
काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रको बारेमा संसदमा जानकारी गराउन माग गरेको छ । व्यवस्थापिका संसदको बैठकमा समय माग गर्दै एमाले सांसद भीम रावलले भारतीय प्रधानमन्त्री मोदीलाई सरकारले पठाएको सामान्य भनिएको पत्रमा लेखिएका कुरा जानकारी गराउन माग गर्नुभएको हो । यस्तै दुई उपप्रधानमन्त्रीलाई विशेष दूतको रुपमा छिमेकी मुलुक पठाउनु संयुक्त राष्ट्रसंघको परराष्ट्र नीति विपरित रहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित सरकारले काम गर्नु आपत्तिजनक भएको बताउनुभयो । जटिल अवस्थामा मात्र उपप्रधानमन्त्रीलाई विशेष दूतको रुपमा पठाउन सकिने भएकाले अन्तर्राष्ट्रिय मान्यता विपरित सरकार अघि बढेको नेता रावलको आरोप छ । आइतबारको बैठकमा सडक यात्रा सुरक्षित…
एजेन्सी । तस्वीरमा देखिएकी यी बालिका देख्नमा त अरु सामान्य बालबालिका झैँ लाग्छिन् । तर यिनी यस्तो रोगबाट पीडित छिन् जसका कारण उनलाई न त निद्रा लाग्छ, न त भोक नै लाग्छ । जिउमा जति ठूलो चोट लागोस्, उनलाई फिटिक्कै दुख्दैन । डाक्टरहरुले ओलिविया फ्रान्स वर्थलाई बायोनिकको उपाधि दिएका छन् भने उनकी आमाले स्टिल बाट बनेकी छोरीको उपमा दिएकी छिन् । बेलायतको हडर्सफिल्डकी बासिन्दा ओलिवियालाई भोक लाग्दैन, निद्रा पनि निकै कम लाग्छ । तिन दिनमा केवल एक पटक मात्र सुत्छिन्, त्यो पनि मुस्किलले । डाक्टरहरुका अनुसार ओलिवियामा क्रोमोजोम सिक्स डिलिसन डिसअर्डर भन्ने वंशाणुजन्य रोग छ । ओलिविया विश्वकै एकमात्र मानिस…
काठमाडौं । ड्रिम्स गर्ल साम्राज्ञराज्य लक्ष्मी शाहको दोस्रो फिल्म ‘ए मेरो हजुर’ को फर्स्ट लुक बाहिरिएको छ । अभिनेत्री झरना थापाले पहिलोपल्ट ‘ए मेरो हजुर–२’ को निर्देशन गरिरहेकी छिन् । यो फिल्ममा साम्राज्ञराज्य लक्ष्मी शाहले अभिनय गरिरहेकी छिन् जसको ‘ड्रिम्स’ पहिलो फिल्म थियो । भुवन केसीको ‘ड्रिम्स’बाट उनको अभिनयको तारिफ समेत भएको थियो । साम्राज्ञीको ‘ए मेरो हजुर–२’को लुक्स बाहिरिएको छ । यो फिल्ममा साम्राज्ञीले नव अभिनेता सलिन मानसँग रोमान्समा छन् । सार्वजनिक फर्स्टलुक तस्विरमा साम्राज्ञीलाई नेवारी ड्रेसमा भेट्न सकिन्छ । सार्वजनिक दृश्य फिल्ममा समावेश एक गीतको हुनसक्ने अनुमान छ । साम्राज्ञी ड्रिम्स रिलिजपछि हटकेक बनेकी अभिनेत्री हुन् । एसके…
एजेन्सी । बलिउड अभिनेता सलमान खानको जोडी भएर अभिनेत्री सोनाक्षी सिन्हाले फिल्म ‘दबंग’ र यसको सिक्वेल ‘दबंग–२’ मा काम गरेकी थिइन् । ‘दबंग’को अर्को सिक्वेल ‘दबंग–३’ बन्ने सुरसार चल्न थालेसँगै सलमानको जोडी भएर यसमा पनि सोनाक्षीले काम गर्ने चर्चा चलेको थियो । फिल्म निर्माण युनिटनिकट स्रोतबाट पनि यसको पुष्टि भइसकेको थियो । यस्तोमा केही समययता ‘दबंग’को अब बन्ने सिक्वेलबाट सोनाक्षीको नाम चट भएको समाचार विभिन्न अनलाइन तथा टेलिभिजनमा आयो । तर, गत साता सोनाक्षीले यस्तो हल्लामा सत्यता नभएको बताएपछि हल्ला पुनः मत्थर भएको छ । गत साता एउटा अन्तर्वार्तामा ‘‘दबंग–३’ मा तपाईंले काम नगर्ने हल्ला सत्य हो रु’ भनी सोध्दा…
विर्तामोड । नेपाल चिया विकास निगम लिमिटेडका चिया बगानहरु २०५७ सालमा निजी कम्पनीलाई व्यवस्थापनको जिम्मा दिए यताको दस करोड रुपैयाँ बक्यौता अहिलेसम्म उक्त व्यवस्थापनको जिम्मा पाएको त्रिवेणी समूहले नतिरेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बारम्बर लाकेता गर्दा समेत उक्त समूहले बक्यौता तिर्न अटेर गरिरहेको छ । त्रिवेणी समूहका सुवास संघाईले भने चियाको व्यापार घाटामा रहेका कारण उक्त बक्यौता तिर्न नसकेको बताएका छन् । पूर्वी पहाड तथा तराईका नेपाल चिया विकास निगम लिमिटेड अन्तर्गतका बगानहरु सरकारले चलाउन नसक्ने भएपछि निजी क्षेत्रलाई तिनको व्यवस्थापन गर्न दिने भनी तत्कालिन मन्त्री परिषदको बैठकले निर्णय गरेको थियो । चिया बगानहरुको व्यवस्थापन लिन इच्छुक…