काठमाडौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतको रुपमा यही भदौ २ देखि ७ गतेसम्म गरेकाे भारत भ्रमणको बारेमा आज सदनलाई जानकारी गराएकाछन । ![]()
व्यवस्थापिका–संसद्को आजको बैठकमा उनले आफनो भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन, सहकार्य र सहयोग विस्तार गर्न तथा उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्न मद्दत पुगेको बताए ।
सरकारको गत साउन २७ गतेको निर्णयअनुसार उपप्रधानमन्त्री निधि प्रधानमन्त्री दाहालको विशेषदूतकारुपमा भारत भ्रमण गर्नुभई त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, पूर्वप्रधानमन्त्रीलगायतका नेतासँग दुई देशबीचको सम्बन्धका बारेमा विचार विमर्श गरेका थिए।
भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालको राजकीय भ्रमणको लागि पठाए पत्र हस्तान्तरण गरेको, नयाँ सरकारको प्राथमिकता संविधान कार्यान्वयन गर्नु रहेकोले सबै पक्षलाई सहमतिमा ल्याएर अघिबढ्ने प्रयास भइरहेको बारेमा पनि आफूले त्यहाँका नेताहरुलाई जानकारी गराएको उपप्रधानमन्त्रीले सदनलाई जानकारी गराए ।