सन्धिखर्कः अर्घाखाँचीको हंसपुरमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। अन्य पाँच जना घाइते भएका छन्।

अर्घाखाँचीको सन्धिखर्कबाट प्यूठानको बादीकोटका लागि छुटेको ग १ ज ४८७८ नम्बरको जीप आइतबार अपरान्ह हंसपुरको रतनमारे नजिक पोषपाटामा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको डिएसपी नवरत्न पौडेलले जानकारी दिए।
घाइतेहरुको जिल्ला अस्पतालमा सन्धिखर्कमा उपचार भइरहेको छ। घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। जीपमा १५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। मृतको सनाखत अझै हुन सकेको छैन।
जीप सडकबाट झन्डै तीन सय मिटर तल खसेको डिएसपी पौडेलले जानकारी दिए ।
Facebook Comments Box