Author: admin
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बालुवाटारमा मंगलबार बसेको प्रमुख तीन दलको बैठकमा तनाव उत्पन्न भएको छ । संविधान संशोधनको विषयलाई लिएर छलफल चलिरहेका बेला उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच बाझाबाझ भएको हो । यी दुई नेताबीचको विवाद झण्डै हातहालाहालको स्थितिमा पुगेको थियो, तर शीर्ष नेताहरुले रोके । बैठकमा रावलले निधिले भारत भ्रमणका क्रममा संविधान संशोधनबारे पनि सल्लाह गरेको बताए । उनले दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिसमेत पढेर सुनाएका थिए । रावलले पत्र पढेर आपत्ति जनाउँदै गर्दा निधि उनीमाथि खनिएका थिए । रावलको अभिव्यक्तिको प्रतिवादमा निधिले, ‘तपाइँलाई पनि विदेशीले सुझाव दिएका…
विर्तामोड । तीजको अवसर पारेर रेडियो सनराइज विर्तामोडले झापाकी पत्रकार महिला भीमा शिवाकोटीलाई पुरस्कृत गरेको छ । मंगलबार विर्तामोडमा आयोजित तीज मिलन समारोहमा शिवाकोटीलाई रविन शिवाकोटी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले नगद ११ हजार रुपैयाँका साथ दोसल्ला ओडाएर सम्मान गरेका हुन् । उक्त पुरस्कार रेडियो सनसाइजका स्थापनाकालदेखिका स्वर्गीय पत्रकार रविन शिवाकोटीको नाममा स्थापना गरिएको हो । उनको २०६९ सालमा निधन भएको थियो । रेडियो सनराइजका अध्यक्ष कुमार भट्टराईका अनुसार तीजको अवसरमा आयोजना गरिएको समारोहमा पत्रकार महिलालाई नै पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिए । पुरस्कृत पत्रकार भीमा…
एजेन्सी – बार्सिलोनको एकेडेमिका रहेका बच्चाहरुको टिम बीले विश्व च्यालेन्ज कपको उपाधि जितेको छ । जापानमा भएको प्रतियोगितामा घरेलु टोली ओमयालाई १–० ले हराएर उपाधि जित्यो । उपाधि जितेका बार्सिलोनाका खेलाडीले मित्रताको राम्रो उदाहरण प्रस्तुत गरेका छन् । हारेपछि रोइरहेका ओमयाका खेलाडीलाई बार्सिलोनाका खेलाडीले सान्त्वना दिए । उनीहरुले जितको खुसी ओमयाका खेलाडीलाई सान्त्वना दिएर मनाएका हुन् । ओमयाका सबैजसो खेलाडी खेल सकिएलगतै रोइरहेका थिए । बार्सिलोनाका खेलाडीले उनीहरुलाई सान्त्वना दिए अनिमात्रै मैदान छोडे । बार्सिलोना बीको जितमा जाभी प्लानासले गोल गरेका हुन् । – स्रोत : फक्स स्पोर्टस
काठमाडौँ। जापानका विदेश राज्यमन्त्री नोबु किसाइ नेपालको तीनदिने औपचारिक भ्रमणमा आज राति काठमाडौं अाउँदै छन् । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा यही भदौ १६ गते यहाँ आयोजना हुने विशेष समारोहमा भाग लिन उनी नेपाल अाउन लागेका हुन् । नेपाल सरकार र यहाँस्थित जापानी राजदूतावासले संयुक्त रुपमा आयोजना गर्ने उक्त समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल र राज्यमन्त्री किसाइले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यद्यपि त्यसको निक्र्योल भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । “राज्यमन्त्री किसाइको शिष्टाचार भेटबारे हामीले सम्माननीय राष्ट्रपति र सम्मानीय प्रधानमन्त्रीज्यूको…
एजेन्सी- अमेरिकाजस्तो विकशित देशको सहरमा मान्छे नभई कुकुर मेयर हुन्छन् भन्ने सुन्दा अचम्म लाग्नु स्वभाविकै हो । विश्वको तेश्रो धेरै जनसंख्या भएको देशमा मान्छे नै नपुगेर वा मान्छेको क्षमता नभएर कुकुरलाई मेयर बनाइएको त पक्कै होइन होला । आखिर किन पछिल्लो तिन कार्यकाल लगातार उक्त सहरमा एउटै कुकुर मेयर पदमा निर्वाचित भैरहेको छ त ? हृो, अमेरिकाको मिनिसोटा राज्यमा पर्ने सानो सहर कोर्मोरेन्टमा नौ वर्षे ड्युक नामक कुकुर लगातार तेश्रो पटक पनि मेयर बनेको छ ।अमेरिकामा सबैभन्दा धेरै जनसमर्थन पाउने नेतामध्येमा पर्छ रे यो कुकुर मेयर । जनता यो कुकुरले समुदायप्रति गरेको कामका लागि नतमस्तक छन् र यो कुकुरको विरुद्धमा…
दुई जना महिलाको भेट स्वर्गमा भयो । पहिलो महिला– तिम्रो मृत्यु कसरी भयो नि ? दोश्रो महिला– फ्रिजमा चिसो लागेर मरे बित्थैमा, अनि तिम्रो नि । पहिलो महिला– के भन्नु यार, बिपी बढ्यो मेरो । दोश्रो महिला– कसरी नि ? पहिलो महिला– लोग्नेका कारण नि, त्यसको कोही अर्कैसँग चक्कर छ भन्ने थाहा पाए, अझ मेरै घरमा तिनीहरु मस्ती गर्दैछन् भन्ने नि सुने । घर फर्केर सबै ठाउँ हेरेँ, तर अहँ कतै देखिन त्यो आइमाईलाई । यै चक्करमा मेरो बिपि बढेर हर्ट अट्याक भयो र याँ आइपुगेँ । दोश्रो महिला– हे भगवान, त्यतिखेर फ्रिजमा हेर्थिस् भने आज हामी दुबै जिउँदै हुन्थ्यो…
मोरङ, भदाै १४ । मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन् । बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन् । विद्यार्थी बर्जित थापाको समूहले सो साइकल बनाएको हो । उनले भने, “बाढीको बेला उद्धार गर्न सहज बनाउने उद्देश्यले साइकल प्रयोगमा ल्याउन सकिन्छ । सो क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले प्रत्येक वर्ष बिदा भएर जाने अन्तिम वर्षका विद्यार्थीले प्रोजेक्ट वर्क अन्तर्गत प्रदर्शनी गर्नुपर्ने भएकाले प्रयोगात्मक पढाइको सिलसिलामा सो साइकल बनाएका हुन् । सो क्याम्पसका क्याम्पस प्रमुख डा शुभाष पोखरेलका अनुसार सरकारले इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई प्रोत्साहन गर्न चासो…
काठमाडौं, भदौ १४ । प्रधानमन्त्री पुष्प कमल दाहाल‘प्रचण्ड’को आब्ह्वानमा प्रमुख तीन दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु बैठकमा स्थानीय निकायको संख्या निर्धारण, संविधान संसोधन, आर्थिक विधेयक लगायतका बारेमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए । उनले भने–‘प्रधानमन्त्रीको आब्ह्वानमा प्रमुख दलका शीर्षनेताहरुको बैठक राखिएको हो ।’ बैठकमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल सहितका नेताहरु सहभागी छन्, यस्तै प्रमुख प्रतिपक्षी दल एमालेबाट कार्यवाहक अध्यक्ष बामदेब गौतम सहितका नेताहरु सहभागी छन् । स्थानीय निकाय पूनसंरचना आयोगले प्रस्ताव गरेको ५६५ वटा संख्याको बारेमा साझा धारणा बनाउने बताइएको छ । बैठकले केपी ओली नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि…
काठमाडौं, भदौ १४ । गहना मैलोधैलो भएको छ ? चिन्तानलिनुस्, घरैघर सफा गरिदने समूह डुल्दै छन् । टलक्क टल्कने सफा गहना लगाउन चाहनाले यस्ता व्यक्तिलाई गहना सुम्पेर ढुक्क चाहिँ नहुनुस् किनकि तपाईं तिनिहरुबाट लुटिन सक्नुहुन्छ । सफा गििदने बहानामा गाउँ–गाउँ चहार्ने समूहले सायन प्रयोग गरेर सुन लुटिरहेको पाइएको छ । पुराना गहना पनि एकैछिनमा टल्काइदिने भन्दै रसायन प्रयोग गर्ने लुटेराले प्रत्येक गहनाबाट थोरथोरै सुन निकाल्ने गर्छन । आजको नागरिक दैनिकमा प्रकाशित समाचार।
काठमाडौं, भदाै १४–सरकारले राष्टङसंघीय शान्ति सेनामा नेपाली सेनाको संख्या दोब्बर पार्न तयार रहेको जानकारी राष्ट्रसंघलाई गराएको छ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव अतुल खेरसँग सोमबार भएको भेटमा रक्षामन्त्री बालकृष्ण खाँडले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सेनाको संख्या बढाउन मात्र नभएर राष्ट्रसंघीय शान्ति सेनामा नेतृत्व लिनसमेत तत्पर रहेको बताए । ‘राष्ट्रसंघीय शान्ति सेनामा नेतृत्व लिन नेपाली सेना सक्षम छ,’ खाणले भने । यसेबीच प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रसंघीय शान्ति सेनामा नेपालीहरुको संख्या बढाउनुपर्ने बताएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।