काठमाडौं, भदाै १४–सरकारले राष्टङसंघीय शान्ति सेनामा नेपाली सेनाको संख्या दोब्बर पार्न तयार रहेको जानकारी राष्ट्रसंघलाई गराएको छ ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव अतुल खेरसँग सोमबार भएको भेटमा रक्षामन्त्री बालकृष्ण खाँडले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सेनाको संख्या बढाउन मात्र नभएर राष्ट्रसंघीय शान्ति सेनामा नेतृत्व लिनसमेत तत्पर रहेको बताए ।
‘राष्ट्रसंघीय शान्ति सेनामा नेतृत्व लिन नेपाली सेना सक्षम छ,’ खाणले भने ।
यसेबीच प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रसंघीय शान्ति सेनामा नेपालीहरुको संख्या बढाउनुपर्ने बताएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Facebook Comments Box