एजेन्सी – बार्सिलोनको एकेडेमिका रहेका बच्चाहरुको टिम बीले विश्व च्यालेन्ज कपको उपाधि जितेको छ । जापानमा भएको प्रतियोगितामा घरेलु टोली ओमयालाई १–० ले हराएर उपाधि जित्यो । 
उपाधि जितेका बार्सिलोनाका खेलाडीले मित्रताको राम्रो उदाहरण प्रस्तुत गरेका छन् । हारेपछि रोइरहेका ओमयाका खेलाडीलाई बार्सिलोनाका खेलाडीले सान्त्वना दिए । उनीहरुले जितको खुसी ओमयाका खेलाडीलाई सान्त्वना दिएर मनाएका हुन् ।
ओमयाका सबैजसो खेलाडी खेल सकिएलगतै रोइरहेका थिए । बार्सिलोनाका खेलाडीले उनीहरुलाई सान्त्वना दिए अनिमात्रै मैदान छोडे । बार्सिलोना बीको जितमा जाभी प्लानासले गोल गरेका हुन् ।
– स्रोत : फक्स स्पोर्टस
Facebook Comments Box