Author: admin
हिन्दुहरुको चाड पर्वहरुमध्ये तीज भन्ने बितिक्कै हिन्दु महिलाहरुको पर्व भन्ने बुझिन्छ । विवाहित महिलाले आफ्नो पतिको दिर्घायुका लागि र अविवाहित कन्याले राम्रो वर पाइयोस भनी ब्रतको अघिल्लो रात दर खाएर भोलिपल्ट बिना जल व्रत बसी मन्दिर गई पुजा पाठ गर्ने र तीजका गित तथा भजनहरु गाएर रमाइलो गर्ने चलन रहेको छ। समय अनुसार हरेक चिजको परिवर्तन संगसंगै तीजको व्रत गीत संगीत र कार्यक्रम सबै परिवर्तन भएका छन् । त्यति मात्र हैन तीजमा खाने दर र लाउने पहिरनमा समेत परिवर्तन आएको छ । साँच्चै भन्ने हो भने तीजलाई बिकृतिको रुपमा समाजमा ल्याइँदैछ, यो आफैमा निन्दनिय छ । पहिरनदेखि गाइने गीत तथा…
काठमाण्डौ । ओखलढुंगा ठूलाछापका गीतकार प्रवीण कटवालले पहिलो एल्बमका रुपमा शुभारम्भ बजारमा ल्याएका छन् । यो सिंगल ट्रयाक एल्बम हो । पहिलो एल्बम भएकाले यसको नाम नै शुभारम्भ राखेको प्रवीणले बताएका छन् । यो एल्बममा समावेश गीतमा गायक स्वरुपराज आचार्यले स्वर दिएका छन् । गीतमा गोविन्दमधुर आचार्यले संगीत भरेका छन् । केही समयपछि यसको भिडियो पनि सार्वजनिक हुने प्रवीणले जानकारी दिए । त्यसो त उनी गीतसंग्रह ‘आकाशको फल’ को प्रकाशन पनि गर्दैछन् ।
काठमाडौँ । काठमाडौंका पेट्रोल पम्पहरूमा मोटरको ताँती लागिरहेकै भए पनि विश्व बजारमा तेलको आपूर्ति मागभन्दा बढी भएकाले भाउ घट्ने क्रम जारी नै छ । रोयटरले जनाएअनुसार विश्व बजारमा मंगलबार तेलको भाउ १ प्रतिशत घटेको छ । बैंकिङ र लगानी व्यवस्थापन सम्बन्धी परामर्श दाता अमेरिकी बहुराष्ट्रिय कम्पनी गोल्डम्यान साखले अहिलेकै बिन्दुमा तेलको उत्पादन स्थिर गरिए पनि बजारमा तेलको बढी आपूर्ती भइसकेकाले व्यवस्थित गर्न नसकिने चेतावनी दिएपछि भाउ ओर्लेको हो । बजार विश्लेषकहरू अहिले भाउ घट्नुको कारण अगिल्लो महिनामा अस्वाभाविक मूल्य वृद्धि हुनु रहेको भन्दै गत महिनाको सुरु र अन्त्यका बीचमा २० प्रतिशतले मूल्यमा फरक परेको औंल्याउँछन् । त्यसपछि बजारमा तेलको मूल्यमा…
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सरकार विरुद्धको तयारीमा जुटेको छ । उसले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी गरेको छ । एमाले नेताहरुले मंगलबार विपक्षी दलहरुको बैठक बोलाएर कार्यगत एकता गरेर अघि बढ्नेबारे छलफल पनि गरेका छन् । सिंहदरबारमा भएको छलफलमा एमाले, राप्रपा सहितका सात दलका नेताहरुको सहभागिता थियो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिने परिस्थिति आउन सक्ने भन्दै देशलाई जोगाउन एकतावद्ध हुनुपर्ने बताए । संविधान कार्यान्वयनका लागि अघिल्लो सरकारले ल्याएको कार्ययोजनालाई नयाँ सरकारले बेवास्ता गरेको विपक्षी दलहरुको आरोप छ । विपक्षी दलहरुको बैठकमा सरकारले गर्ने भनिएको संविधान संंशोधनबारे पनि छलफल भएको छ । बैठकमा…
चन्द्रगढी । राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रमको अवसरमा झापा खेलकुद विकास समितिले आगामी सोमबार पुरुष दौड प्रतियोगिता गर्ने भएको छ । खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाका अनुसार राखेपको वार्षिक कार्यक्रम अन्र्तगत भद्रपुर भन्सारदेखि चन्द्रगढीको लेखनाथ चौक हुँदै मेची रङ्गशालासम्म ५ किलोमिटर दूरीको दौड आयोजना हुने भएको हो । समितिको सोमबार सम्पन्न बैठकले पुरुष एथ्लेटिक्स प्रतियोगीताको आयोजना गरी झापामा पनि वार्षिक कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यस्तै प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरुलाई यहि आइतबारसम्ममा समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको एथ्लेटिक्सका सहायक प्रशिक्षक गोपाल यादवले बताए । सो प्रतियोगितामा प्रतिष्पर्धा गरी दशौं स्थानसम्म प्राप्त गर्ने खेलाडीहरुलाई पुरस्कृत गरिने…
भद्रपुर । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुर जीवन उपयोगी रोजगारमूलक शिक्षाको विस्तारमा लागेको छ । मानविकी, व्यवस्थापन तथा सामान्य विज्ञानका विषयमा विगतमा स्नातक तहमा अध्ययन अध्यापन हुने गरिएको भए पनि विगत केही बर्षदेखि विद्यार्थीको माग र समय अनुसारको उच्च शिक्षा दिने उद्धेश्यले उक्त क्याम्पसले विभिन्न रोजगारमूलक विषयहरुमा पठन पाठन गराइरहेको छ । विगत केही बर्षदेखि मेची बहुमुखी क्याम्पसमा स्नातक तहमा वातावरणीय विज्ञान, विविए तथा चिया प्रविधि तथा व्यवस्थापन विषयमा समेत पढाइ हुँदै आएको छ । जसका कारण विद्यार्थीले अहिलेको परिस्थितिमा जहाँ पनि प्रतिस्पर्धा गर्नेसक्ने क्षमता राख्नका लागि मदत पुग्ने क्याम्पस प्रमुख कमलप्रसाद गुरागाईं बताउँछन् । केही समयअघि…
काठमाडौं–नेपाली कांग्रेसले मंगलबार साँझभित्र नयाँ सरकारमा आफ्ना पार्टीका तर्फबाट सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने भएको छ । पार्टीका तर्फबाट बन्ने मन्त्रीहरुको टुंगो लगाई बुधबार साँझसम्म पद तथा गोपनियताको सपथसमेत गराउने कांग्रेसको तयारी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार सााझ प्रधानमन्त्री प्रचण्डलाइ पार्टीका तर्फबाट बन्ने मन्त्रीहरुको सूची बुझाउने गृहकार्य अगाडि बढाएका छन् । यसका लागि देउवाले रामचन्द्र पौडेल, प्रभावशाली नेताहरु कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्कासँग समेत छलफल गरिरहेका छन् । बुधबारभित्र मन्त्रीहरुको टुंगो लगाउने भनिएपनि परराष्ट्रमा अझैं कुरा मिलेको छैन । डा. शेखर कोइराला परराष्ट्र नपाए सरकारमै नजाने अडानमा छन् । कोइरालाको यस्तो अडानले देउवा समस्या परेका छन् । देउवानिकट मानिने…
अाेखलढुंगा । कुन्तादेवी ३ का गंगाराम तामाङ केही दिनअघि मकै भाँचेर डोकामा राखी बारीबाट घर फर्कदै थिए। उनलाई बाँदरले बाटैमा लडायो र चिथोर्न र टोक्न खोज्यो। बल्ल बल्ल छिमेकी भाइले देखेपछि लखेटे। कुन्तादेवि ४ की मनकुमारी तामाङले ५ पाथी मकैको बिउ छरेकी थिइन्। समयमै पानी परेर लहलहाउँदै आएको मकैबाट यसपाली निकै आशा गरेकी थिइन्। पाक्न लागेको मकै बारीमा एक दिन बाँदरको हुलै पसेछ। बजारबाट फर्किएर बारीमा पुग्दा एक घोगा पनि देखिएनन्। उनी बारीको बिचैमा बसेर ग्वा ग्वा रोइन्। बाँदरका सास्तीबाट हैरान भएका कुन्तादेविका दर्जनबढी किसान आइतबार जिल्ला प्रशासनमा डेलिगेशन आए। ‘कि त भोकले मान्छे मर्नुपर्यो, कि त बाँदर मर्नुपर्यो।…
काठमाडौं– बूढानीलकन्ठकी उषा खड्काले डलर साट्न सोमबार दिनभर बैंक चाहरिन् । तर, उनले आफूले चाहेको जति डलर पाउन सकिनन् । भिसा लागेको पार्सपोर्ट बोकेर एकैदिन चार वटा बैंक भौतारिएको उनी दिउँसो तीन बजे रित्तै घर फर्किनु परेको छ । डलर नभएको भन्दै बैंकले दिन मानेनन् । धेरै अनुरोध गरेपछि दुई सय डलरसम्म दिइने आश्वासन उनले पाएकी छन् । चाहे जति डलर साट्न नपाएपछि उनलाई डलरको जोहो गर्ने चिन्ताले सताएको छ । खड्काले कार्ड बोकेर गए पनि साथमा कम्तीमा हजार डलरसम्म नगद हुँदा ढुक्क हुने बताइन् । डलरको खोजीमा बैंक चाहार्नु विदेशिन लागेका पहुँच नहुनेको दिनचर्यानै बनेको छ हिजोआज । बजारमा…
काठमाडौं । वर्षैदेखि घाटामा रहेको सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई दर्जनभन्दा बढी सुविधा थप गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका उर्जामन्त्री जनार्दन शर्माको सहमतिमा प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई एकैपटक अत्यधिक सेवा सुविधा बढाएको हो । प्राधिकरण सञ्चालक समितका अध्यक्ष एवं उर्जा सचिव सुमनप्रसाद शर्माको अध्यक्षतामा बसेको सञ्चालक समितको बैठकले कर्मचारीलाई सुविधा उपलव्ध गराउने निर्णय गरेको आजको राजधानी दैनिकमा समाचार छ । सामन्य प्रचलनअनुसार उच्च द्धाटामा रहेको कापनीका कर्मचारीको सेवा सुविधा बढाइँदैन । प्राधिकरण उच्च घाटामा भए पनि सरकारले पटकपटक घाटा अपलेखनगर्दै आएको छ । प्राधिकरण सञ्चालक समितिले सरकारले निजामती कर्मचारीलाई बृद्धि गरेअनुसार २५ प्रतिशत लतल…