अाेखलढुंगा । कुन्तादेवी ३ का गंगाराम तामाङ केही दिनअघि मकै भाँचेर डोकामा राखी बारीबाट घर फर्कदै थिए। उनलाई बाँदरले बाटैमा लडायो र चिथोर्न र टोक्न खोज्यो। बल्ल बल्ल छिमेकी भाइले देखेपछि लखेटे।
बाँदरका सास्तीबाट हैरान भएका कुन्तादेविका दर्जनबढी किसान आइतबार जिल्ला प्रशासनमा डेलिगेशन आए। ‘कि त भोकले मान्छे मर्नुपर्यो, कि त बाँदर मर्नुपर्यो। दुई मा एक त हुनै पर्ने भो’, डेलिगेशन लिएर आएकी हेमकुमारी तामाङले प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीलाई भनिन्,‘दुबैलाई बचाउने हो भने राज्यले किसानको क्षतिपूर्ति दिनुपर्यो।’ आजको कान्तिपुर दैनिकमा खबर छ।
Facebook Comments Box