Author: admin
काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकाका राजदूत अलाइन टेप्लिजबीच भेटवार्ता भएको छ। बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा सोमबार करिब ५० मिनेट भएको भेटमा उनीहरुबीच संविधान कार्यान्वयन, दुर्इ पक्षीय सम्बन्ध, अापसी सहयोग लगायत समसामियक विषयमा कुराकानी भएको थियो। भेटमा देउवाले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भएको बताएका थिए। देउवाले संविधानमा केही राजनीतिक दलको असन्तुष्टि रहेकोले सबै राजनीतिक दलहरुसँग सहकार्य र सहमतिका आधारमा सबैको अपनत्व महसुस हुने गरी संविधानको कार्यान्वयन गरी मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने र संविधानले निर्दिष्ट गरेको समयसीमाभित्रै संघ, प्रदेश र स्थानीय निकायको निर्वाचन गराउन आफू प्रतिवद्ध रहेको बताएका थिए। देउवाले संविधानको कार्यान्वयन, मुलुकको…
ललितपुर ।पूर्वमन्त्री श्यामसुन्दर गुप्ता एक महिला ब्यवसायीलाई धम्काएको आरोपमा ललितपुरबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले एक महिला ब्यवसायीसँग ५० लाख रुपैयाँ माग्दै नदिए अपहरणको धम्की दिएको अरोपमा गुप्तालाई ललितपुरको ताल्छिखेलबाट पक्राउ गरेको हो । पक्राउ परेका गुप्तालाई अपहरण तथा शरीर बन्धक उद्योगमा मुद्दा चलाउन थप अनुसन्धानका लागि अदालतबाट थुनामा राख्न चार दिनको म्याद लिइएको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए । यसअघि २०६८ सालमा व्यापारी पवन सांघाईलाई अपहरण गरी रकम असुली गरेको अभियोगमा पक्राउ परेका गुप्ता तीन वर्ष जेल बसेका थिए । सभासद एवम् आपूर्ति मन्त्री रहिसकेका गुप्ताले सदभावना पार्टी यूनाइटेड गठन गरेका थिए ।
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलगायत विरुद्धको अपहेलना मुद्दा खारेज गरेको छ। पूर्वप्रधानमन्त्री भट्टराई र पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधानविरुद्ध अपहेलनासम्बन्धी मुद्दामा सुनुवाई सकिएपछि प्रधानन्यायाशीश सुशीला कार्की र वरिष्ठ न्यायाधीश गोपाल पराजुलीसहितको इजालसले मुद्दा खारेज गर्ने फैसाला गरेको हो। पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणमा भट्टराईलाई समेत जोडेर नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनका तर्फबाट कोमलप्रसाद इटनीले अदालतको अपहेलनासम्बन्धी मुद्दा दर्ता गराएका थिए।पत्रकार थापाको हत्या आरोपमा माओवादी कार्यकर्ता पक्राउ परेपछि तत्कालीन महान्यायाधिवक्ता प्रधानले अनुसन्धान रोक्न निर्देशन दिएको आरोप छ। सर्वोच्चमा विचराधिन मुद्दामा अनुसन्धान रोक्न निर्देशन दिएर अपहेलना गरेको भन्दै रिट दायार गरिएको थियो। यसमा थप सुनुवाई वा निर्णय…
भद्रपुर, भदाै २० । ब्रम्हलीन गुरुजी श्री १०८ गोपीदासजी महाराजको पुण्य स्मृति एवं गणेश चतुर्थीको अवसरमा भद्रपुरमा रक्तदान कार्यक्रमकाे अायाेजना गरिएकाे छ । श्रीकृष्ण प्रणामी सत्संग सेवा समिति एवं मंगल सेवा समिति भद्रपुरको आयोजना तथा भद्रपुर स्थित युवा सशक्तिकरण समाज झापा, मारवाडी युवा परिषद्, किरात कल्याण समिति लगायतका सामाजिक संस्थाहरुको सहयोगमा भद्रपुर नगरपालिका वाड नं.१० मंगल चौकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । ब्रम्हलीन गुरुजी श्री १०८ गोपीदासजी महाराजको पुण्य स्मृति एवं गणेश चतुर्थीको पूर्व सन्ध्यामा श्री जगत नन्दन महाराज जी को प्रमुख अतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएकाे थियाे ।
एजेन्सी । अफगानिस्तानको राजघानी काबुलमा रक्षा मन्त्रालय नजिकै सोमवार भएको अात्मघाती विस्फोटमा ७ जनाको मृत्यु भएको छ । विस्फोटबाट कम्तीमा ११ जना घाइते भएको दी टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा उल्लेख भएको छ । विस्फोट भएको क्षेत्र वरपर एम्बुलेन्सहरूकाे अावाज सुनिएकाले थप हताहत हुनसक्ने सन्देह गरिएको छ ।
सुरुंगा । निर्माणाधीन घरमा पानी हाल्दै गर्दा करेन्ट लागेर झापाको कनकाई-३, सुरुङ्गामा ४० वर्षीय गोपाल उप्रेतीको मृत्यु भएको छ । उप्रेतीको सोमबार विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । उप्रेती दुई वर्षदेखि सुरुङ्गामा रहेका आफ्नो मामा तेजप्रसाद सिटौलाको घरमा बस्दै आएका थिए । त्यहाँ पानी लाउँदै गर्दा विहान ८:४५ बजे उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय, अनारमनीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ ।
दमक, भदौ २० । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको चियाबगान सडक खण्डमा भएको सवारी दुर्घटना २० जना घाइते भएका छन् । दिउँसो करिब १ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ३८१४ नम्बरको यात्रुवहाक वस र विपरित दिशाबाट आउँदै गरेको ना १ क १३१० नम्बरको मिनि ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा घाइते भएका १८ जनाको स्थानीय लाइफ लाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिनुभयो । घाइते मध्ये दुई जनाको टाउकोमा चोट लागेकाले थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको लिम्बुले जानकारी दिनुभयो ।…
काठमाडौं । थाइल्याण्ड सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई थाइल्याण्ड भ्रमणको निम्तो दिएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा थाइल्याण्डका राजदूतले प्रधानमन्त्री दाहाललाई बैंककमा हुने दोस्रो एसियन कोअपरेटिभ समिटमा सहभागिताका लागि थाइ सरकारले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् । समिट आउँदो अक्टोबर ८ देखि १० तारिखसम्म हुनेछ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले संविधान संशोधन आवश्यक नभएको बताएका छन् । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा अध्यक्ष ओलीले कसैलाई लडह चल्दैमा वा कसैको वहकाउमा संविधान जस्तो विषय संशोधन नुहने भएकाले एमाले तत्काल संविधान संशोधनको पक्षमा नरहेको बताए । उनले एमालेलाई अहिलेसम्म कुनैपनि पार्टीका नेता वा सरकारका प्रतिनिधिले कुन कुन विषयमा किन संविधान संशोधन गर्नुपर्ने हो भन्ने जानकारी नगराएकाले यसबारेमा पार्टीभित्र छलफल पनि नभएको बताए । प्रदेशको सिमांकन मधेशका मात्र विषय नभएको भन्दै अध्यक्ष ओलीले प्रदेशको सिमांकन नामांकन जस्ता विषय सिंगो देशकै हुने पनि बताए । मधेस पहाड वा हिमालका वा कुनै…
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मधेस लगायत असन्तुष्ट क्षेत्र र समुदायका माग सम्बोधन गर्नुपर्ने बताएका छन् । भाषण मात्र गरेर देशका समस्या समाधान नहुने भएकाले ब्यवहारमा देखिनेगरि सरकारले काम थाल्नुपर्ने उनको भनाई छ । नेपाल तरुण दल काठमाडौं जिल्लाको चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले स्थानीय तहको सिमाङ्कनको विवाद टुंग्याउन तथा मधेसी लगायत समुदायको असन्तुष्टि टुंग्याएर चुनावको वातावरण बनाउनुपर्ने बताए । कांग्रेसको अगुवाईमा नयाँ सरकार बनेकाले अब कांग्रेसले नै अग्रसरता लिएर राजनीतिक सहमतिको खोजी गर्नुपर्नेमा नेता सिंहले जोड दिए । कार्यक्रममा कांग्रेस नेता तथा रक्षामन्त्री बालकृष्ण खाणले अहिलेका समस्या समाधानका लागि पहलकदमी लिन सरकार तयार रहेको…