सुरुंगा । निर्माणाधीन घरमा पानी हाल्दै गर्दा करेन्ट लागेर झापाको कनकाई-३, सुरुङ्गामा ४० वर्षीय गोपाल उप्रेतीको मृत्यु भएको छ ।
उप्रेतीको सोमबार विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।
उप्रेती दुई वर्षदेखि सुरुङ्गामा रहेका आफ्नो मामा तेजप्रसाद सिटौलाको घरमा बस्दै आएका थिए । त्यहाँ पानी लाउँदै गर्दा विहान ८:४५ बजे उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय, अनारमनीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ ।
Facebook Comments Box