काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले संविधान संशोधन आवश्यक नभएको बताएका छन् ।
थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा अध्यक्ष ओलीले कसैलाई लडह चल्दैमा वा कसैको वहकाउमा संविधान जस्तो विषय संशोधन नुहने भएकाले एमाले तत्काल संविधान संशोधनको पक्षमा नरहेको बताए ।
उनले एमालेलाई अहिलेसम्म कुनैपनि पार्टीका नेता वा सरकारका प्रतिनिधिले कुन कुन विषयमा किन संविधान संशोधन गर्नुपर्ने हो भन्ने जानकारी नगराएकाले यसबारेमा पार्टीभित्र छलफल पनि नभएको बताए ।
प्रदेशको सिमांकन मधेशका मात्र विषय नभएको भन्दै अध्यक्ष ओलीले प्रदेशको सिमांकन नामांकन जस्ता विषय सिंगो देशकै हुने पनि बताए ।
मधेस पहाड वा हिमालका वा कुनै समुदाय विशेषका नागरिकलाई संविधानले कुनै विभेद नगरेको दावी गर्दै एमाले अध्यक्ष ओलीले संविधानको पहिलो संशोधनबाट सबैका समस्या संवोधन भइसकेको दाबी पनि गरे ।