काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मधेस लगायत असन्तुष्ट क्षेत्र र समुदायका माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।
भाषण मात्र गरेर देशका समस्या समाधान नहुने भएकाले ब्यवहारमा देखिनेगरि सरकारले काम थाल्नुपर्ने उनको भनाई छ । नेपाल तरुण दल काठमाडौं जिल्लाको चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले स्थानीय तहको सिमाङ्कनको विवाद टुंग्याउन तथा मधेसी लगायत समुदायको असन्तुष्टि टुंग्याएर चुनावको वातावरण बनाउनुपर्ने बताए ।
कांग्रेसको अगुवाईमा नयाँ सरकार बनेकाले अब कांग्रेसले नै अग्रसरता लिएर राजनीतिक सहमतिको खोजी गर्नुपर्नेमा नेता सिंहले जोड दिए ।
कार्यक्रममा कांग्रेस नेता तथा रक्षामन्त्री बालकृष्ण खाणले अहिलेका समस्या समाधानका लागि पहलकदमी लिन सरकार तयार रहेको र त्यसको तयारी भइरहेको पनि बताए । अर्को प्रसंगमा उहाँले तरुण दलको अध्यक्षमा अहिलेको तदर्थ समितीका अध्यक्ष बाहेक सवैले चुनाव लड्न पाउनुपर्ने पक्षमा आफू रहेको बताए ।