भद्रपुर, भदाै २० । ब्रम्हलीन गुरुजी श्री १०८ गोपीदासजी महाराजको पुण्य स्मृति एवं गणेश चतुर्थीको अवसरमा भद्रपुरमा रक्तदान कार्यक्रमकाे अायाेजना गरिएकाे छ ।
श्रीकृष्ण प्रणामी सत्संग सेवा समिति एवं मंगल सेवा समिति भद्रपुरको आयोजना तथा भद्रपुर स्थित युवा सशक्तिकरण समाज झापा, मारवाडी युवा परिषद्, किरात कल्याण समिति लगायतका सामाजिक संस्थाहरुको सहयोगमा भद्रपुर नगरपालिका वाड नं.१० मंगल चौकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
ब्रम्हलीन गुरुजी श्री १०८ गोपीदासजी महाराजको पुण्य स्मृति एवं गणेश चतुर्थीको पूर्व सन्ध्यामा श्री जगत नन्दन महाराज जी को प्रमुख अतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएकाे थियाे ।

Facebook Comments Box