Author: admin
काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र श्रम समितिमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ । विशेष दूतका रुपमा दिल्ली गएका निधिले संविधान संशोधनका विषयमा गरेको छलफल र भारतीय प्रधानमन्त्रीलाई लेखेको पत्रको विषयलाई लिएर चर्काचर्की तथा खोचपेच भएको हो । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसहित समिति बैठकमा उपस्थित भएका निधि र उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले प्रतिपक्षले अनावश्यक बखेडा झिकेको आरोप लगाए । आजको राजधानी दैनिकमा खबर छ ।
काठमाडौं । पुनरावेदन अदालतबाट अवकाश पाएका २८ न्यायाधीशलाई उच्च अदालत र सर्वोचेच अदालतको न्यायाधीश नियुक्तिको रोस्टरमा अनिवार्य राखिने भएको छ । संसदको विधायन समितिले न्याय परिषद्को काम कर्तब्य र अधिकार सम्बन्धी विधेयक पारित गर्दै पुनरावेदनबाट अवकास पाएका न्यायाधीशहरूलाई अबको न्यायाधीश नियुक्तिको रोस्टरमा राख्ने व्यवस्था गरेको हो । अतिरिक्त न्यायाधीशको पदावधि निरन्तरताबारे नयाँ संविधानले नबोलेपछि पुनरावेलनका २८ न्यायाधीश स्वतः अवकाशमा परेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
काठमाडौं । टेकुसिथत शुक्रराज सरुवा रोग तथा ट्रपिकल असपतालमा दैनिक सयजनाभन्दा बढी कुकुरले टोकेका पीडित उपचारका लागि आउने गरेका छन् । तीमध्ये भुस्याहा कुकुरले टोकेका ७० भन्दा बढीले एन्टिरेबिज भ्याक्सिन लगाउने गरेका छन् । अस्पतालले दिएको जानकारीअनुसार पछिल्लो चार महिनामा आठ हजार दुई सय २८ जनाले एन्टिरेबिज भ्याक्सिन लगाएका छन् । साउन महिनामा एक हजार नौ सय ३१ जनाले सो ध्याक्सिन लगाएको अस्पतालले जनाएको छ । कुकुरको टोकाइकै कारण पाँच वर्षमा ९३ हजार ६ सय ७५ जना पीडित भएको असप्तालको तथ्यांक छ । काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकामा २२ हजारभन्दा बढी भुस्याहा कुकुर रहेका छन् । भुस्याहा कुकुरको संख्या बढ्न नदिन…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई लेखेको पत्रलाई लिएर सत्तारुढ दल कांग्रेस र एमालेबीचको विवाद फेरी चर्किएको छ । उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधिमार्फत दाहालले पठाएको पत्रमा संविधान संशोधन गर्न भारतीय सहयोग मागेको आरोप एमालेले लगाउँदै आएको छ । यही विषयलाई लिएर यसअघिका बैठकमा समेत दुई दलका नेताबीच पटकपटक आरोप प्रत्यारोप भइसकेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालको राजकीय भ्रमणका लागि पठाएको निमन्त्रणापत्र आफूहरुले सम्बन्धित मुलुकमा हस्तान्तरण गरेको जानकारी दिए । प्रमुख प्रतिपक्ष दलले भनेजस्तो तथा केही सञ्चारमाध्यममा आएजस्तो नेपालको आन्तरिक मामिलासँग जोडिएका कुनै विषयवस्तु पत्रमा उल्लेख नै नरहेको…
काठमाडौ । पशुपति क्षेत्र विकास कोषले तीज पर्वमा पशुपतिनाथ मन्दिर प्रवेशका लागि कसैलाई पनि विशेष पास नदिने भएको छ । कोषले शुक्रबार पत्रकार सम्मेलन गरी विगतका वर्षमा पासको दुरुपयोग भएको भन्दै यो पटकको तीजमा पासको व्यवस्था हटाइएको जानकारी दिएको हो । कोषले अघिल्ला वर्षहरुमा विभिन्न संस्था, कोषका कर्मचारीका आफन्तजन, पत्रकार, नेताका परिवारजन, स्वयंसेवक लगायतलाई करिब ५ हजार पास बाँड्ने गरेको थियो । कोषका सदस्यसचिव गोविन्द टण्डनले एउटा पास देखाएर १० जनासम्म छिर्ने विगतबाट पाठ सिकेर यो पटक पासको व्यवस्था हटाइएको जानकारी दिए । कोषले यसपटक पशुपतिनाथ मन्दिर भित्रको क्षेत्रमा सुरक्षाकर्मी र आफ्ना कर्मचारी मात्र खटाउने तथा स्वयंसेवकहरुलाई मन्दिर बाहिरको क्षेत्रमा मात्र…
काठमाडौं– हरितालिका तीजको अवसर पारेर केशव भट्टराईको चलचित्र ब्रासलेट शुक्रबारदेखि प्रदर्शनमा आएको छ । पारिवारिक प्रेमकथामा आधारीत यो चलचित्रलाई हाँस्यकलाकार निर्मल शाहले निर्देशन गरेका छन् । चलचित्र ब्रासलेटबाट नायक रमेश उप्रेतीले एक दशक पछि अभिनयमा फर्केका छन् । चलचित्रमा रमेश उप्रेतीसँगै रजनी केसी र नम्रता सापकोटाको अभिनय रहेको छ । मै नाँचे छमछमी भन्ने गीत चर्चामा रहेको छ । निता भट्टराईले निमार्ण गरेको चलचित्र शुक्रबारदेखि ५० भन्दा बढी सिनेमा हलमा प्रदर्शनमा आउने निमार्ण टोलीले जनाएको छ । https://youtu.be/aytg2MzFFZ8
एजेन्सी । पाकिस्तानको उत्तरी शहर मर्दानमा शुक्रबार भएको बम विस्फोटमा ११ जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन् । आत्मघाति विस्फोटनकारीले मर्दानको अदालतलाई लक्षित गरि विस्फोट गराएका थिए । ज्यान गुमाउनेमा वकिल, प्रहरी अधिकारी तथा सर्वसाधारण नागरिक रहेको बिबिसीले जनाएको छ । यसअघि शुक्रबार नै अर्का आत्मघाती विस्फोटनकारीले पेशावरमा आक्रमण गर्न खोज्दा प्रहरी कारवाहीमा मारिएका थिए । विस्फोटको जिम्मेवारी कसैले लिएका छैनन् ।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बस्दै आएको नागार्जुन दरबारमा विद्युत प्राधिकरणले विद्युत लाइन काटिदिएको छ। आजसम्म विद्युतको तिर्नुपर्ने बाँकी बक्यौता नतिरेपछि बाध्य भएर लाइन काटेको प्राधिकरणले जनाएको छ । ऊर्जा मन्त्रालयको निर्देशनमा प्राधिकरणले बिहीबार लाइन काटिदिएको हो । नागार्जुन दरबारले ७१ लाख ८० हजार रुपैयाँ प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रहेको छ । गणतन्त्र स्थापना पछि पूर्व राजा ज्ञानेन्द्र नागार्जुन दरबारमा बस्दै आएका छन् । उक्त दरबार सरकारकै स्वामित्वमा रहेको छ । विद्युत महसुल सरकारले तिर्ने कि पूर्व राजा ज्ञानेन्द्र शाहले तिर्ने भन्ने प्राधिकरणले स्पष्ट पारेको छैन ।
काठमाडौं । नेपाल टेलिकमले फेस्टिभल अफर अन्तर्गत जीएसएम मोबाइल प्रयोगकर्ताहरुका लागि शुभ रात्री प्याकेज ल्याउने भएको छ । टेलिकमका अनुसार नयाँ अफर राति ११ बजेदेखि विहान ५ बजेसम्म प्रयोग गर्न सकिने छ । यो अफर योजना भदौ १८ गतेदेखि असोज १ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ । अफर अन्तर्गत ५०० एमबी डाटा भोल्युमको लागि ४० रुपैयाँ र १२ सय एमबी डाटा भोल्युमको लागि ८५ रुपैयाँ लाग्ने जनाएको छ । ५०० एमबी डाटा भोल्युमको ७ दिन र १२०० एमबी डाटा भोल्युमको १५ दिन म्याद रहने टेलिकमले जनाएको छ । यो महसुल दरमा नियमअनुसार लाग्ने कर समावेश गरिएको नगरेको समेत टेलिकमले…
पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण कार्य सुरु गर्न थालेको छ । गत वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरे लगत्तै वर्षायाम सुरु भएकाले निर्माणको काम अघि बढ्न सकेको थिएन । कम्पनीले यही सेप्टेम्बर १ (भदौ १६) गतेदेखि २०३२ सालमा अधिग्रहण गरिएको तीन हजार १०६ रोपनी र पछि थप गरिएको ६२९ रोपनीको पूरै जग्गामा तारबार लगाउन सुरु गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिए । कम्पनीले प्राविधिक कर्मचारी, कामदार र सामान राख्ने अस्थायी भवन बनाउन सुरु गर्न लागेको छ । आयोजनाको मूल गेटबाट…