काठमाडौं । टेकुसिथत शुक्रराज सरुवा रोग तथा ट्रपिकल असपतालमा दैनिक सयजनाभन्दा बढी कुकुरले टोकेका पीडित उपचारका लागि आउने गरेका छन् । तीमध्ये भुस्याहा कुकुरले टोकेका ७० भन्दा बढीले एन्टिरेबिज भ्याक्सिन लगाउने गरेका छन् ।

अस्पतालले दिएको जानकारीअनुसार पछिल्लो चार महिनामा आठ हजार दुई सय २८ जनाले एन्टिरेबिज भ्याक्सिन लगाएका छन् । साउन महिनामा एक हजार नौ सय ३१ जनाले सो ध्याक्सिन लगाएको अस्पतालले जनाएको छ । कुकुरको टोकाइकै कारण पाँच वर्षमा ९३ हजार ६ सय ७५ जना पीडित भएको असप्तालको तथ्यांक छ ।
काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकामा २२ हजारभन्दा बढी भुस्याहा कुकुर रहेका छन् । भुस्याहा कुकुरको संख्या बढ्न नदिन महानगरले भ्यासेक्टोमी र बन्ध्याकरण अभियान सुरु गरेको स्वास्थ्य विभागका प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Facebook Comments Box