काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र श्रम समितिमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ ।

विशेष दूतका रुपमा दिल्ली गएका निधिले संविधान संशोधनका विषयमा गरेको छलफल र भारतीय प्रधानमन्त्रीलाई लेखेको पत्रको विषयलाई लिएर चर्काचर्की तथा खोचपेच भएको हो ।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसहित समिति बैठकमा उपस्थित भएका निधि र उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले प्रतिपक्षले अनावश्यक बखेडा झिकेको आरोप लगाए । आजको राजधानी दैनिकमा खबर छ ।
Facebook Comments Box